Jilla Ban Notis

जनसाँस्कृतिक महासघं लुम्बिनी प्रदेश समन्वय समितिको अध्यक्षमा पुनः किशोर वि.क.

0 38

बुटवल,फागुन

जनसाँस्कृतिक महासघं लुम्बिनी  प्रदेश समन्वय समितिको भेलाले बुटवमा सम्पन्न् भएको छ । भेलाले किशोर वि.क.को अध्यक्षतामा ८९ सदस्य नयां कमीटी चयन गरेको छ ।

जनसाँस्कृतिक महासघंका केन्द्रिय सदस्य राजकुमार श्रेष्ठको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा लुम्बिनी  प्रदेशका उद्योग पर्यटन बन तथा बाताबरण  मन्त्री लिला गिरि प्रमुख आतिथीका रुपमा रहनु भएको थियो ।

सोअवसरमा बोल्दै प्रमुख अतिथि गिरीले जनसंस्कृतिकर्मीहरुले देशमा लोतन्त्र ल्याउने काममा होस या जनतालाई सुसुचित गर्ने काममा निक्कै प्रभावकारी भूमिका निर्भाह गरेको बताउनु भएको थियो । त्यसैगरी उहांले अबका दिनमा पनि पहिलेको रफतारमा लाग्न आग्रह समेत गर्नु भयो ।

त्यसैगरी सोही कार्यक्रममलाई सम्वोधन गर्दै विशेष  अतिथि एवं जनसाँस्कृतिक महासघंकी केन्द्रीय सदस्य तथा लुम्बिनी  प्रदेश ईन्चार्ज सिन्धु जलेसाले जनसाँस्कृतिक महासघंको वर्तमान अवस्था र त्यसले गरेका कार्य सम्पादनका वारेमा जानकारी गराउनु भएको थियो । उहांले जनसाँस्कृतिक महासघंमा विभिन्न विद्याका ब्यक्ति तथा संगठनहरु आवद्ध भएर नै महासंघ बनेको धारणा राख्नु भएको थियो।

त्यसैगरी जलेसाले जनसाँस्कृतिक महासघंमा चलचीत्र कर्मी संघ,ललीतकला समुह,साहित्यीक तथा बौद्धिक संगठन, गायन तथा नृत्य संघ,नाट्यकर्मी तथा रंगमञ्च लगाएतका विभिन्न विद्याका संगठनहरुको साझा संघठनका रुपमा जनसाँस्कृतिक महासघं रहने भन्दै सबैलाई महासंघमा आवद्ध हुनका लागि आग्रह पनि गर्नु भएको थियो ।

कार्यक्रममा   महासघंका केन्द्रीय  अध्यक्ष  खगेन्द्र  राई, कार्यलय सचिव  प्रेमनाथ अधिकरी, संस्कृतिवेत्ता झपेन्द्र जिसि,महासघंका पुर्ब केन्द्रीय उपाध्यक्ष  लक्ष्मण  रायमाझी,मदनभन्डारी कलासाहित्य प्रतिस्त्ठानका अध्यक्ष अजित खनाल,केन्द्रिय  अनुसासन आयोगका सद्स्य दिलबहदुर आचार्य ,रुपन्देही  जिल्ला सांस्कृतिक  इन्चार्ज ज्ञानु कार्की लगाएतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.