Bardaghat notish

हाम्रो सुपर साकोसको अध्यक्षमा मनोहर रायमाझी निर्वाचीत

558

कृष्ण ढकाल
बर्दघाट, असोज–१८
हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था लिमिटेड बर्दघाट –२, चिसापानीको अध्यक्षमा मनोहर रायमाझी निर्वाचीत हुनु भएको छ । संस्थाको १६ औं वार्षिक साधारण सभाबाट रायमाझी अध्यक्षमा निर्वाचीत हुनु भएको हो ।
संस्थाको अधिवेशनबाट निर्वाचीत अध्यक्ष विष्णुप्रसाद बरालले पदबाट राजिनामा दिएसँगै कार्यवहाक अध्यक्षको जिम्मेवारी समाल्नु भएका रायमाझीलाई वार्षिक साधारण सभाबाट निर्वाचन प्रिक्रिया पुर्याएर अध्यक्ष पदमा निर्वाचीत हुनु सफलहुनु भएको छ ।
त्यसैगरी यस अघि भएको अधिवेशनबाट १३ सदस्य संस्था सञ्चालक कार्यसमिति निर्वाचीत भएकोमा १६ औं वार्षिक साधारण सभाले कार्यसमितिको संख्यालाई घटाएर ९ सदस्य बनाएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन वमोजिम नौ सदस्य कार्यसमिति बनाउदा समिति भित्रबाट नै खाली रहेको उपाध्यक्ष पदमा मायादेवी खरेललाई लगिएको छ भने सचिव र कोषाध्यक्ष पदमा कमलाकुमारी गुरुङ र रुक्मागत पाण्डे यथावत नै रहनु भएको छ ।
त्यस्तै सदस्यहरूमा बिमलकुमार श्रेष्ठ ,सरिता सापकोटा दिपक प्रसाद भण्डारी ,सविता पंगेनी र गोमा थापा यथावत नै रहनु भएको छ भने पुन्यवती मिश्र,मेनका क्षेत्री र शान्ति देवि अधिकारीले कार्यसमितिबाट राजिनामा दिनु भएको छ ।
प्रदेश सहकारी ऐन–२०७६ दफा ४१ मबोजिम अधिवेशनबाट निर्वाचीत अध्यक्षको राजिनामा १६ औं वार्षिक साधारण सभाले स्विकृत गरेपछि कानुनत संस्थालाई आवश्यक सैद्धान्तिक स्वीकृति प्राप्त भएसँगै निर्वाचन प्रक्रिया अघि बढाइएको र सोहि निर्वाचनले मनोहर रायमाझीलाई अध्यक्ष पदमा निर्वाचीत गरेको निर्वाचन अधिकृत अधिवक्ता प्रकाश न्यौपानेले बताउनु भएको छ ।

संस्थाको १६ औं वार्षिक साधारण सभा संस्थाका का.व.अध्यक्ष मनोहर रायमाझीको अध्यक्षता र संस्थाका सल्लाहकार एवं नेपाल बचत तथा ऋण सहकारी संघ ृनेफ्स्कुन) का अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लिमिटेड सञ्चालक समितिका सदस्य एवं निर्वतमान अध्यक्ष विष्णुप्रसाद बराल,बर्दघाट प्रेस क्लबका अध्यक्ष तथा शेयर सदस्य कुस्माकर ढकाल,संस्थाको निर्वाचन अधिकृत अधिवक्ता प्रकाश न्यौपान लगाएको उपस्थिती रहेको थियो ।

हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्थाकाे वार्षिक प्रतिवेदन अनुसार हाल सहकारीमा ६ हजार ६ सय ३३ जना शेयर सदस्य रहेका छन्। तीमध्ये महिला सदस्य ४ हजार ३०१ र पुरुष सदस्य २ हजार ३३० जना रहेका छन्। संस्थाको कार्यक्षेत्र बर्दघाट र रामग्राम नगरपालिका तथा सरावल र प्रतापपुर गाउँपालिकाका सबै वडासम्म रहेको छ।

साधारण सभामा प्रस्तुत विवरणअनुसार संस्थाले पछिल्लो आर्थिक वर्षमा बचत तथा ऋण लगानीलगायतका क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ। आगामी वर्ष शेयर सदस्य वृद्धि, शेयर पुँजी, बचत, ऋण लगानी तथा कुल सम्पत्तिमा थप वृद्धि गर्ने लक्ष्यसमेत संस्थाले लिएको छ।
३ करोड ८० लाख २० हजार २ सय शेयर पुंजी रहेको हाम्रो सुपर साकोसले ४७ करोड ४७ लाख २३ हजारट सय ४६ रूपैया बचत गरी ३५ करोड ६९ लाख ८ सय ६१ रूपैया ऋणा लागनी गरेको छ भने आफ्नो जगेडाकोषमा २ करोड ४८ लाख ७३ हजार ३ सय ४६ रुपैया जम्मा गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । त्यसैगरी कुल सम्पति ५७ करोड ३छ लाख ८९ हजार ५ सय ९ रुपैया रहेको जनाएको छ ।