गाैरीशंकर जयसवाल
परासी ४ मंसिर
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदी क्षेत्रमा भइरहेको निरन्तर कटान तथा वर्षायाममा हुने डुबानबाट उत्पन्न जोखिम न्यूनीकरणका लागि सरोकारवालाबीच विशेष छलफल गरिएको छ। जिल्ला समन्वय समिति नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का प्रमुख भगौती यादवको संयोजकत्वमा सुस्ता गाउँपालिकाको कार्यालयमा भएको छलफलमा नारायणी नदीको कटान नियन्त्रण, बाढीबाट हुने क्षति न्यूनीकरण तथा दीर्घकालीन नदी व्यवस्थापनका उपायबारे छलफल गरिएको हो। छलफलमानारायणी नदीको कटान तथा बाढीको जोखिम न्यूनीकरणका लागि सरोकारवालाबीच भएको छलफलबाट विभिन्न तीनवटा महत्वपूर्ण निर्णय गरिएको हो।
सुस्ता गाउँपालिकामा नारायणी नदीको बाढीबाट उच्च जोखिममा रहेका बस्ती तथा घरपरिवारको सुरक्षाका लागि तटबन्ध निर्माण गर्ने निर्णय गरिएको छ।
सुस्ता गाउँपालिका वडा नं. ५ स्थित नारायणी नदीपारी सुस्तामा बाढीको उच्च जोखिम रहेको क्षेत्रमा तटबन्ध निर्माण कार्य अघि बढाउन तटबन्धको एलाइन्मेन्ट (रेखाङ्कन) पहिचान गरिने भएको छ। त्यसका लागि संघीय, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि, जिल्ला स्थित सुरक्षा निकायका प्रतिनिधि र आयोजना कार्यालयको सहभागितामा स्थलगत रूपमा गई पहिचान गर्ने निर्णय गरिएको समन्वय प्रमुख यादवले जानकारी दिए ।

सुस्ता गाउँपालिका वडा नं. ५ नारायणी नदीपारीका जोखिमयुक्त घरपरिवारलाई उपयुक्त सुरक्षित स्थानमा व्यवस्थापन गर्ने सराेकारवालहरूले बताएका छन ।
बाढीको उच्च जोखिम रहेको क्षेत्रमा तटबन्ध निर्माणका लागि आवश्यक नदीजन्य पदार्थ उपलब्ध गराउन सुस्ता गाउँपालिकाले नारायणी नदीको प्रारम्भिक वातावरणीय परीक्षण (IEE) गर्ने तथा उक्त कार्यका लागि सबै राजनीतिक दल र सुरक्षा निकायबाट पूर्ण सहयोग गर्ने निर्णय गरिएको सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले बताए ।

नारायणी नदीको बाढी तथा कटानबाट जोखिममा रहेका स्थानीय बासिन्दाको सुरक्षा, बस्ती संरक्षण र दीर्घकालीन समाधानका लागि पहल गर्ने निर्वाचन क्षेत्र न १ प्रतिनिधिसभा सदस्य विक्रम खनालले बताए ।उनले सुस्ता गाउँपालिकामा नारायणी नदीको बाढीबाट उच्च जोखिममा रहेका बस्ती तथा घरपरिवारको सुरक्षित स्थान स्तान्तारण गर्नुपर्नेमा जाेड दिए ।
सुस्ता क्षेत्रको नारायणी नदी कटान र डुबान समस्या स्थानीय बासिन्दाको जीविकोपार्जन, कृषि उत्पादन तथा बस्ती सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसको स्थायी समाधानका लागि तीनै तहका सरकार, जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकाय र सम्बन्धित प्राविधिक निकायबीच प्रभावकारी सहकार्य आवश्यक देखिएको निर्वाचन क्षेत्र न २ प्रतिनिधिसभा सदस्य नरेन्द्र गुप्ताले बताए ।उनले नेपाल भारतका सिडियाे लेबलका नवलपरासीमै बैठक बासी सिमा विबाद बारे छलफल सामाधान गर्न र सधैकाे लागि सिमा बिबाद साधामान गर्नुपर्नेमा जाेड दिए ।
प्रतिनिधिसभा सदस्य रिगला यादवले सुस्तामा जग्गा विबाद रहेकाेले जग्गा विबाद सामाधन तर्फ लाग्न जाेड दिदै यसलाई कुटिनितिक माध्यम बाट सामाधना खाेज्न जरुरी रहेकाे बताईन ।सुस्तामा वास्तविक नेपाली नागरिक नागरिकताबाट बन्चित रहेकाले नेपाली नागरिकता दिलाउन पहल गर्नुपर्नेमा जाेड दिईन ।
नदी कटान र डुबानको समस्या हरेक वर्ष दोहोरिने भएकाले तत्कालीन राहत तथा अस्थायी तटबन्धमा मात्र सीमित नभई दीर्घकालीन र प्रभावकारी नदी व्यवस्थापनको योजना आवश्यक रहेको लुम्बिनी प्रदेश सासद देवकरण कलवारले बताए ।
छलफलमा प्रतिनिसाधा सदस्य लुम्बिनी प्रदेश सासद सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्याय, उपाध्यक्ष गीता चौधरी, प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल, श्री गोरखदल गणका प्रमुख सेनानी, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा सशस्त्र प्रहरी बल नेपालका प्रहरी उपरीक्षकसहित सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
