Sarawal notish

छैटौं सुनवल महोत्सवको ९० प्रतिशत तयारी पूरा, मंसिर ३ गतेदेखि महोत्सवसुरु हुने

380

गाैरीशंकर जयसवाल

सुनवल २८ कार्तिक

पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१ सोमथानमा आयोजना हुन लागेको छैटौं सुनवल महोत्सव–२०८३ को तयारी अन्तिम चरणमा पुगेको छ। आगामी मंसिर ३ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने महाेत्सव तयारी अन्तिम पुगेकाे हाे ।सुनव उद्योग बाणिज्य संघका अध्यक्ष रशेश कर्माचार्यले महोत्सवको करिब ९० प्रतिशत तयारी पूरा भएको जानकारी दिए ।

महोत्सवका लागि आवश्यक भौतिक संरचना निर्माण, स्टल व्यवस्थापन, मञ्च निर्माण तथा अन्य तयारीका काम तीव्र गतिमा भइरहेको बताए । आयोजकका अनुसार महोत्सव स्थलमा अधिकांश तयारी पूरा भइसकेको छ भने बाँकी काम पनि उद्घाटनअघि सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

स्थानीय उत्पादन, व्यापार, कृषि, पर्यटन, कला, संस्कृति तथा मनोरञ्जनलाई प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो। संघका महासचिव तेजप्रसाद भण्डारीले  १३ दिनसम्म सञ्चालन हुने महोत्सवमा २०० वटा स्टल रहने जानकारी दिए ।उनकाे अनुसार  महोत्सवमा १४० व्यावसायिक स्टल दर्ता भैसकेको र ६० स्थानिय उत्पादन भएका स्टल आईसकेकाे जसमा २० निशुल्क स्टल रहेकाे बताए ।, प्रवेश गर्ने गेट निमार्ण कार्य सम्पन्न भएकाे छ भने सचिवालय र मञ्च तयारी भैसकेको छ ।

महोत्सवले सुनवल क्षेत्रको आर्थिक, सामाजिक तथा सांस्कृतिक गतिविधिलाई थप चलायमान बनाउनुका साथै स्थानीय पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने विश्वास आयोजकले लिएको छ।महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई १०० रुपैयाँ र विद्यार्थीलाई ७० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ। सामूहिक रूपमा आउने विद्यार्थीलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

त्यसैगरी सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ६८ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिने आयोजकले जनाएको छ।आयोजकले महोत्सव अवधिभर करिब एक लाख दर्शकले अवलोकन गर्ने तथा १० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरेको छ।