चिस्यानकेन्द्र सञ्चालनगर्न इच्छुक सहकारी कोही छ ?ः नगर प्रमुख श्रेष्ठ
चिस्यानकेन्द्र सञ्चालनगर्न इच्छुक सहकारीलाई बिउपुंजी सहित निःशुल्कभवन र प्रविधिदिन्छौं नगर प्रमुख श्रेष्ठ
कृष्ण ढकाल
बर्दघाट,कार्तिक–१८
बर्दघाट नगरका केहि बहुउद्धेश्यीय सहकारी संस्थाहरुले वचत र ऋणको मात्र काम गरेको भेटिएपछि बहुउद्धेश्यीय सहकारीहरुलाई कुनै न कुनै उत्पादन वा ब्यवसाय मुलक कामगर्न बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले निर्देशन गर्नु भएको छ ।
बर्दघाट नगरपालिकाको सहकारी शाखाले आयोजना गरेको सहकारी संस्थाको आ.ब. २०८२/०८३ को बार्षिक समिक्षा कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले उक्त निर्देशन दिनु भएको हो । संस्थाको उद्धेश्य अनुसार काम नगरे त्यस्ता संस्थालाई नगर बाध्यभएर कानुनि प्रक्रियामा जाने समेत चेतावनी दिनु भएको थियो ।
नगर प्रमुख श्रेष्ठले बर्दघाट नगरका कुनै पनि सहकारीहरुले नगरका किसानहरुले उत्पादन गरेका फलफुल तथा तरकारीहरुको संकलन गरी चिस्यानकेन्द्र सञ्चालन गर्न इच्छुक सहकारीलाई प्रविधि सहतिको निःशुल्क भवन र २५ लाख बिउपूजीं अनुदान समेत नगरले दिने गरी वजेट विनीयोजन भएकाले इच्छुक सहकारीले नगरमा सम्पर्क गर्न आग्रह समेत गर्नु भएको थियो ।

त्यसैगरी नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले बर्दघाट नगरका सहकारीहरुलाई सवल बनाउन पहिले सञ्चालक तथा कर्मचारीहरुलाई तालिम संस्थाहरुको नियमन जरुरी रहेकाले नगरपालिका त्यस तर्फ केन्द्रित रहेको बताउनु भयो ।
उहााले सहकारीहरुले उत्पादन गर्ने वस्तुको लागत मुल्य घटाउन विभिन्न प्रकृतिका प्रविधिहरु अनुदानमा दिने र ती उत्पादीत वस्तुहरुको बजारीकरणको लागि नगरपालिकाले ब्यवस्था मिलाउने काम गर्न सकेमात्र पनि सहजता हुने भएकाले नगर त्यस तर्फ केन्द्रिकृत रहेको बताउनु भयो ।
बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षता र सहकारी शाखा प्रमुख सृजना अर्यालको सञ्चालनमा भएको कार्यक्रममा वरिष्ठ प्रसासकिय अधिकृत मञ्जु खनालले सहकारीहरुले गर्न सक्ने आर्गनिक कृषि वाली र बजारीकरणका वारेमा सहजीकरण गर्नु भएको थियो भने सहकारी शाखा प्रमुख सृजना अर्याल नगरको समग्र सहकारीहरुको अवस्था र नगरले गरेको नियमनका वारेमा जानकारी गराउनु भएको थियो ।
त्यस्तै प्रमुख प्रसासकिय अधिकृत ऋषिराम भुसाल राज्यले तयगरेका निति,नियम र कानुनमा रहेर सहकारीको सिद्धान्त अनुसार संस्था सञ्चालन गर्न आग्रह गर्नु भएको थियो । बर्दघाट नगरका १२ बहुउद्धेश्यीय सहकारी संस्थाहरुको उपस्थिती रहेको उक्त समिक्षा कार्यक्रममा दाउन्ने देवि बहुउद्धेश्यीय सहकारी संस्थाको तर्फबाट ब्यवस्थापक हिरादेवि शाही,विशाल बहुउद्धेश्यीय सहकारी संस्थाको तर्फबाट कमलबहादुर चौधरी,सिद्धबाबा बहुउद्धेश्यीय सहकारी संस्थाको तर्फबाट उमाकुमारी उपाध्याय, सुलभ बाल्मिकी बहुउद्धेश्यीय सहकारी संस्थाको तर्फबाट लक्ष्मी तिवारी र चन्द्रोदय बहुउद्धेश्यीय सहकारी संस्थाको तर्फबाट अध्यक्ष भरत देवकोटाले संस्थाको अवस्था र ब्यवस्थाका वारेमा जानकारी गराउनु भएको थियो ।
बर्दघाट नगरका ४२ वटा सहकारी संस्थाहरु मध्ये पहिलो दिन कृषि क्षेत्रमा काम गर्ने सहकारी दोस्रो दिन बहुउद्धेश्यीय सहकारी र तेस्रो दिन ऋण तथा बचत सहकारीहरु विच बार्षिक समिक्षा कार्यक्रम सम्पन्न गर्ने योजना अनुसार कार्यक्रम सञ्चालन गरिएको बर्दघाट नगरपालिकाको सहकारी शाखा प्रमुख सृजना अर्यालले बताउनु भयो ।
