सहमति भएका ब्यीक्तहरुको अनुगमन तथा समिक्षा कार्यक्रम सम्पन्न
सहमति भएका विवादहरु कार्यान्वयन भएन भएको ?
कृष्ण ढकाल
बर्दघाट,कार्तिक–१३
बर्दघाट नगरपालिकाको न्यायीक शाखाले सहमति भएका ब्यीक्तहरुको अनुगमन तथा समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार नगरको सभाहलमा भएको समिक्षा कार्यक्रममा नगरका १६ वटै वडामा न्यायीक समिति मार्फत सम्पादन भएका सहमतिहरुको प्रभावकारीताका वारेमा छलफल केन्द्रित रहेको थियो ।
न्यायीक समितिका संयोजक रुद्रप्रकाश उपाध्यायको अध्यक्षता र नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहमति भएका विवादहरु कार्यान्वयन भएनभएको बिषय एवं मेलमिलाप केन्द्रहरुको वस्तुस्थिती र त्यसको प्रभावकारीताका वारेमा अध्ययन अनुगमनका लागि खटिएका ब्यक्तिहरुले आफ्नो प्रतिवेदन सार्वजनिक तथा हस्तान्त्रण गरेका थिए ।
बर्दघाट नगरका चारवटा कलष्टरमा मिलमिलापको प्रभावकारीताको अध्ययन अनुगमनको रिर्पाेट तयार गर्न छुट्टा –छुट्टै रुपमा वडाक्रश गरेर पञ्चनगर कलष्टर प्रकाश श्रेष्ठको टोलि,जहदा कलष्टर सिद्धिविलास हमालको टोली,माकर कलष्टर सुशिला पराजुलीको टोली र दाउन्ने कलष्टर तोलाकान्त चापागाईको टोलिलाई खटाईएको थियो ।
समिक्षा कार्यक्रममा नगरका सहभागि मिलमिलाप कर्ताहरुले मिलमिलापका क्रममा आईपर्ने समस्या र चुनौतीसँगै अनुभवहरु समेत रखेका थिए ।

सो क्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले नगरवासीहरुका समस्याहरु समाधानका लागि न्यायीक समिति माफर्त मेलमिलाप कर्ताहरुले गरेका काम आफैमा महत्वपूर्ण रहेको बताउनु भएको थियो । उहाँले काम गर्नेक्रममा नगरले चाहेर पनि सकेजती सहयोग गर्न नसकेको भएक पनि अन्य पालिकाको तुलनामा न्यायीक समिति माफर्त मेलमिलापका लागि राम्रो रकम विनियोजन गरेको बताउनु भयो । अब नगरमा नयानेतृत्व आउने क्रममा रहेकाले अहिले सम्म आफुलाई सहयोग गरेको प्रति सबैलाई धन्यवाद प्रकटगर्दै नागरीका कामप्रति सदैब आफु लागी रहेको प्रतिवद्धता समेत जाहेर गर्नु भएको थियो ।
त्यसैगरी सोही कार्यक्रममा बोल्दै नगर उपप्रमुख तथा न्यायीक समितिका संयोजक रुद्रप्रकाश उपाध्यायले बर्दघाट नगरपालिकावाट नगरवासीहरुलाई दिने न्यायको प्रभावकारीता खोज्न जरुरी रहेको बताउदै आफुले सक्दो न्याय दिने प्रयत्न गरेको धारणा राख्नु भयो । नगरमा आ.ब.२०८०/०८१ मा २८६ वटा,आ.ब.२०८१/०८२ मा ११० वटा,आ.ब.२०२०/०८३ मा ६१ वटा र अहिले आ.ब.२०८३/०८४ को कार्तिक १२ गते सम्म १५ वटा मात्र उजुरी नगरको न्यायीक शाखामा दर्ता भएको बताउनु भयो ।
नगरको न्यायीक शाखा प्रमुख जमुना सुवेदीको सञ्चालनमा भएको कार्यक्रममा बर्दघाट नगरका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम भुषाल,वडाध्यक्ष बिमला गुरुङ्ग,ध्रुब थारु,लेखा अधिकृत बिष्णुलाल पुरी,स्वास्थ्य अधिकृत कृष्णहरि पौडेल,बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकाल,नेपाल विकास केन्द्र रुपन्देहीका कृष्ण मिभिरे “गाउँले” लगाएतको सहभागिता रहेको थियो ।
