Sarawal notish

 ट्रकको ठक्करबाट पत्रकार पोखरेलको मृत्यु

543

 

परासी,कार्तिक–१३

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं.–२ स्थित सेतो पुल (झरही) नजिक ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

आज  दिउँसो करिब १२ः१० बजेको समयमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३, भलवाडी निवासी अन्दाजी ४० वर्षका पोषकान्त पोखरेल घाइते भएको र उपचारका लागि जिल्ला अस्पताल परासी पठाइएकोमा चिकित्सकले दिउँसो १२ः२० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

हुलाकी सडकखण्डमा भएको दुर्घटनामा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४९७ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको लुम्बिनी प्रदेश ०१–००९ प ९६१९ नम्बरको मोटरसाइकललाई बायाँ साइडबाट ठक्कर दिएको प्रहरी जनाएको छ ।

दुर्घटनापछि प्रहरीले ट्रक, ट्रक चालक र मोटरसाइकललाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय नवलपरासीमा लगेको छ।

ट्रक चालक कञ्चनपुरको लालझाडी गाउँपालिका–६ निवासी २६ वर्षीय बन्धु राना रहेको प्रहरीले जनाएको छ।

घटनापरि मृत्युहुने पोषकान्त पोखरे बुटवलबाट प्रकाशन हुने नयाँ भावना राष्ट्रिय दैनिकबाट काम गर्न शुरु गरेर अहिले आफ्नै पत्रिका सञ्चालन गर्दैआएको बुझीएको छ । घटना भएको थाहा पाएपछि मृतकका भाई रामचन्द्र पोखरेल परासी आउदै छन अरु थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।