Sarawal notish

१४ लाख बढिको अवैध मदिरा बरामद

478

 

बर्दघाट,असोज–२९

सुस्ता गाउँपालिकाबाट भन्सार छली गरी पश्चिम नवलपरासीको नेपाल भित्र्याइएको ठूलो परिमाणको अवैध मदिरा प्रहरीले बरामद गरेको छ। अवैध ओसारपसारको ट्रान्जिट पोईन्ट बनेको पश्चिम नवलपरासी जिल्लामा चाडपर्व नजिकिए सगै अवैध ओसारपसार बढ्ने गरेको छ ।
प्रहरीका अनुसार बरामद मदिरा विभिन्न प्रकारका ७५० मिलिलिटरका कुल ७४२ बोतल मदिरा बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका अनुसार बुधबार बिहान करिब ४ बजेको समयमा सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडक खण्डबाट ११ वटा हरियो ठूलो झोलामा राखेर ल्याइएको अवैध मदिरा बरामद गरिएको हो।

भारतबाट अवैध रूपमा भन्सार छली ल्याई ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुर दाङ, इलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी रामनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रति बोतल दुई हजार रुपैयाँका दरले मूल्यांकन गर्दा बरामद मदिराको कुल मूल्य १४ लाख ८४ हजार रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।मदिरा ओसारपसारमा संलग्नहरु भने नियन्त्रणमा न आएको सूचना अधिकारी मदन थापाले जानकारी दिए ।