बर्दघाट , मंसिर १३
छहारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा प्रकाश न्यौपाने सर्वसम्मत निर्वाचित हुनुभएको छ। संस्थाको पाँचौँ वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले न्यौपानेको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो।
निर्वाचन समितिका संयोजक नेत्रलाल न्यौपानेका अनुसार नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा शर्मिला क्षेत्री, सचिवमा बोजराज खनाल र कोषाध्यक्षमा गोमा पाण्डे चयन हुनुभएको छ। त्यस्तै सदस्यहरूमा नरेश खनाल, किशोर पौडेल, सुनिता पौडेल, कल्पना पौडेल र निर्मल गिरी सर्वसम्मत निर्वाचित हुनुभएको छ।
यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा विनोद चौधरी तथा सदस्यहरूमा ऋषिराम अधिकारी र गंगादेवी आचार्य चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ। सहकारीका वित्तीय सूचक सन्तोषजनक साधारणसभामा प्रस्तुत वित्तीय प्रतिवेदनअनुसार संस्थाको शेयर पुँजी ७१ लाख ७४ हजार ६ सय रुपैयाँ पुगेको छ। त्यसैगरी बचत निक्षेपतर्फ ४ करोड ३६ लाख ६० हजार रुपैयाँ, कर्जा लगानीतर्फ ४ करोड ३ लाख रुपैयाँ र नगद मौज्दात ६९ लाख २३ हजार रुपैयाँ रहेको छ।
संस्थाले समीक्षा अवधिमा १० लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय प्रतिवेदनमा उल्लेख छ। सभाले संस्थाका अध्यक्ष राजु पाण्डेले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन, सचिव प्रकाश न्यौपानेले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष कल्पना पाण्डेले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनका साथै शिक्षा उपसमिति, ऋण उपसमिति र लेखापरीक्षण प्रतिवेदन सर्वसम्मत पारित गरेको छ। संस्थाले पाँचौँ वार्षिक साधारणसभाको अवसरमा विभिन्न विधामा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य तथा व्यवसायीहरूलाई सम्मान गरेको छ। उत्कृष्ट कारोबारतर्फ श्रेष्ठ किराना पसलका सञ्चालकद्वय दीपेन्द्र श्रेष्ठ र दिलमाया श्रेष्ठ तथा बर्दघाट ट्रेडर्सका सञ्चालकद्वय ताराप्रसाद गौतम र ज्ञानकुमारी शर्मा गौतम सम्मानित हुनुभएको छ।
त्यस्तै हायर पर्चेजतर्फ नेत्रलाल न्यौपाने र भीमा भुसाल, नियमित मासिक कर्जा भुक्तानीतर्फ कोपिला पाण्डे र चन्द्रबहादुर पाण्डे तथा घर कर्जातर्फ कविता पुरी सम्मानित हुनुभएको छ। बाल बचततर्फ सम्राट लम्साल, व्यवसाय कर्जातर्फ पितम्बर पौडेल र दैनिक बचततर्फ शैलेष फार्मेसीकी सञ्चालक गीता चौधरी सम्मानित हुनुभएको छ। यसैगरी श्रुची आयुर्वेदिक औषधालयका सञ्चालक विनोदकुमार क्षेत्री, आपा रेस्टुरेन्टका सञ्चालक चित्रबहादुर गुरुङ र दाउन्ने दूध डेरीका सञ्चालक उमेश सापकोटालाई समेत सम्मान गरिएको निवर्तमान अध्यक्ष राजु पाण्डेले जानकारी दिनुभयो।
उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्न सुझाव कार्यक्रममा शेयर सदस्य एवं लुम्बिनी प्रदेशसभा सदस्य विश्वप्रेम पाठक र बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्यायले सहकारीले छोटो समयमै उल्लेखनीय प्रगति गरेको बताउनुभयो। उहाँहरूले सहकारीले आफ्नो छुट्टै पहिचान स्थापित गर्ने गरी उत्पादनमूलक क्षेत्रमा लगानी तथा आर्थिक गतिविधि विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। त्यसैगरी शेयर सदस्य एवं राष्ट्रिय सहकारी बैंकका सञ्चालक विष्णु बरालले संस्थाका अधिकांश वित्तीय सूचकहरूले सहकारी सबल अवस्थामा रहेको देखाएको बताउनुभयो। सहकारी मितव्ययी ढंगले सञ्चालन भइरहेको उल्लेख गर्दै उहाँले आर्थिक अनुशासन, व्यवस्थापकीय क्षमता र संस्थागत सुशासनलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो। निर्वाचन समिति गठन र कार्यक्रम सञ्चालन संस्थाको दोस्रो अधिवेशन सम्पन्न गर्न नेत्रलाल न्यौपानेको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो। समितिका सदस्यहरूमा भोजराज चापागाईं र सुनिता पौडेल रहनुभएको थियो। संस्थाका अध्यक्ष राजु पाण्डेको अध्यक्षतामा सम्पन्न साधारणसभा तथा अधिवेशनको सञ्चालन सचिव प्रकाश न्यौपानेले गर्नुभएको थियो भने कार्यसमिति सदस्य मिना बस्यालले स्वागत मन्तव्य राख्नुभएको थियो।
नयाँ सञ्चालक समिति चयनसँगै संस्थाले आगामी दिनमा सहकारीको संस्थागत विकास, आर्थिक अनुशासन, उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार तथा सदस्यहरूको आर्थिक समृद्धिका लागि थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने अपेक्षा गरिएको छ।
