कृष्ण ढकाल
परासी,मंसीर–९
समाचार लेखेकै निउँमा पत्रकारहरुलाई पक्राउ गर्ने र सञ्चारगृ माथि भइरहेको धरपकडको विरोधमा आज देशभरका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गरेका छन।
पत्रकारहरुलाई सामूहिक गिरफतार गर भन्दै नवलपरासीका पत्रकारहरुले पनि बुधबार (आज) जिल्ला प्रशासन कार्यालयको गेटमा एक घण्टा विरोध प्रदर्शन गरेका हुन ।
अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै पत्रकारहरुले प्रदर्शन गरेका हुन् ।
नेपाल पत्रकार महासंघले उठाएका माग र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति सरकारले अनुदार व्यवहार देखाएको विरोधमा नेपाल पत्रकार महासंघले देशभर आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो।

जिल्ला प्रशासन कार्यालय गेटमा प्रदर्शन पछि आयोजित कोण सभामा नेपाल पत्रकार महासंघका कार्यवहाक अध्यक्ष विकास अधिकारी, निवर्तमान अध्यक्ष हरि शर्मा, बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकाल(कृष्ण) लगाएतले बोल्दै समाचार लेखेकै आधारमा राज्यले पत्रकार पक्राउ गर्ने प्रवृत्ति, समाचार कक्षबाटै धरपकड गर्ने कार्य र सञ्चारमाध्यम माथिको दबाबविरुद्ध महासंघले विरोधका कार्यक्रम गरिरहेका बताएका थिए । पत्रकारहरूले प्रेस स्वतन्त्रताको सम्मान, पेशागत सुरक्षा र लोककल्याणकारी विज्ञापन कटौतीको विरोध गर्दै “सामूहिक गिरफ्तारी गर“ जस्ता नारासहित धर्ना दिएका थिए।
