Sarawal notish

सुनवलमा छैटौं सुनवल महोत्सव सुरू

606

सुनवल, मंसिर–३
छैठौं सुनवल महोत्वस २०८३ को विहिवार समुद्घाटन भएको छ । आयोजक उद्योग वाणिज्य संघ सुनवलवका अध्यक्ष रमेश कर्माचर्याको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य नरेन्द्र कुमार गुप्ताको प्रमुख आतिथ्यतामा समुदघाटन भएको हो ।

महोत्वस उद्घाटन गर्दै प्रमुख आतिथ्यति गुप्ताले विगतका दिनमा भएका केहि त्रुटीका कारणले दुख भोग्नु परेको वताउनुभयो । कुनै पनि मुलुकको वित्तिय मेरुदण्ड भनेकै निजि क्षेत्र भएको बताउदै निजिक्षेत्र बिना अर्थतन्त्र माथी उठ्न नसक्ने बताउनुभयो । राजश्वको ठुलो स्रोत भनेको निजि क्षेत्र नै भएको भन्दै राज्यले यसलाई स्वीकर गरेर प्राथमिकतामा राखेको बताउनुभयो । सांसद गुप्ताले महेशपुर महलपोखरी सडकखण्डको निर्माण र विस्तारको लागी चार खण्डमा विभाजन गरि ठेक्का प्रक्रियामा लगिने वताउनुभयो ।

त्यस्तै प्रदेश सभा सदस्य खड्ग वस्नेतले निजि क्षेत्रको विकास र सम्वद्धनको लागी आफुले सधै पहल गर्ने प्रतिवद्धता व्याक्त गर्नुभयो । उद्योग वाणिज्य संघ सुनवलले गरेको महोत्वस वाणिज्य संघको मात्रै नभई समग्र सुनवल वासी र देशकै पहिचान भएका वताउनुभयो । साथै महोत्वसलाई सफल वनाउन सवै संग आवहन गर्नुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य वैजनाथ जैसवाल, उद्योग वाणिज्य महासंघ केन्द्रिय सदस्य केशव भण्डारी, सुनवल नगर प्रवक्ता कृष्ण प्रसाद वगाले, नेपाली कम्न्युष्ट पाटिका संयोजक महोक कार्की, वर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने, प्याब्सन लुम्विनी प्रदेशका वरिष्ठ उपाध्यक्ष धनराज चापागाईले शुभकामना मनत्ब्य व्याक्त गर्नुभएको थियो ।
समुदघाटन कार्यक्रममा संघ अध्यक्ष रमेश कर्माचार्यले कर कार्यालय भैरहवामा हुदाँ भएका झन्झट, विद्युत तथा नेपाल टेलकमको सामान्य कार्यको लागी पनि परासी जानुपर्ने वाध्यता , खाद्य प्रविधि तथा गुस्तर नियन्त्रण कार्यलय स्थापना साथै नाप तौलको घुम्ति सेवाको पनि सुनवलमा अत्यावश्यक रहेको वताउनुभयो । त्यस्तै खुल्ला सिमानका कारणले व्यवसायिहरुमा मर्कामा परेको अवस्थालाई समेत व्यवस्थापन का लागी सरोकारवाला निकायहरुको ध्यानकर्षण गराउनुभएको थियो ।

उद्योग वाणिज्य संघ सुनवलका महासचिव तेजप्रसाद भण्डारीको संचालनमा रहेको कार्यक्रमको समापन संघका उद्योग उपाध्यक्ष ईश्वरी भण्डारीले गर्नुभएको थियो । कृषि उद्योग व्यापार कला संस्कृति र पर्यटलाई प्रथमिकतामा राखेर संचालन गरिएको महोत्वस मंशिर १५ गते सम्म संचालनमा रहने उद्योग वाणिज्य संघ सुनवलले जनाएको छ ।

महोत्सवले सुनवल क्षेत्रको आर्थिक, सामाजिक तथा सांस्कृतिक गतिविधिलाई थप चलायमान बनाउनुका साथै स्थानीय पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने विश्वास आयोजकले लिएको छ।महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई १०० रुपैयाँ र विद्यार्थीलाई ७० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ। सामूहिक रूपमा आउने विद्यार्थीलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

त्यसैगरी सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ६८ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिने आयोजकले जनाएको छ।आयोजकले महोत्सव अवधिभर करिब एक लाख दर्शकले अवलोकन गर्ने तथा १० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरेको छ।