कृष्ण ढकाल
बर्दघाट,कार्तिक–२३
तथ्य र अनुभवका आधारमा रहेर बर्दघाटका समाजका सेवी तथा बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्यायले बर्दघाट नगरको नयाँ बिकासको परिकल्पना गरेर प्रकाशन गरेको ‘बर्दघाट रूपान्तरणको ब्लुप्रिन्ट’ नामक पुस्तक विमोचन भएको छ ।
लेखक रुद्रप्रकाश उपाध्यायको अध्यक्षता र पत्रकार कुस्माकर ढकालको सञ्चालन रहेको पुस्तक विमोचन कार्यक्रममा बर्दघाट नगरका प्राज्ञिक , शैक्षिक , बौद्धिक र सामाजिक एवं बिभिन्न अभियान्ताहरु लगाएत पत्रकार र बिद्यार्थी नेताहरुको समेत उल्लेखनीए उपस्थिती रहेको थियो ।
दिब्य ज्योती बहुमुखी क्याम्पसको सभाहलमा आयोजीत पुस्तक विमोचन कार्यक्रममा बर्दघाट प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य एवं बुटवल बहुमुखी क्याम्पसका प्रध्यापक शेषकान्त पौडेलले बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्यायद्धारा लिखित ‘बर्दघाट रूपान्तरणको ब्लुप्रिन्ट’ नामक पुस्तकका वारेमा समिक्षा गर्नु भएको थियो ।
१ सय १८ पृष्ठ रहेको उक्त पुस्तक कृतिका रुपमा नामाकरण नगरीएको भएपनि बर्दघाट नगरको विकासको परिकल्पना स्पष्टसँग गरीएको समिक्षक पौडेलको भनाइ थियो । पुस्तक आख्यान रहित मुक्तक शैलीमा लेखीएको भएपनि सरसरी हेर्दा कुनै नगर, प्रदेश र संघिय उमेदवारले आफ्ना घोषणा पत्रमा समावेस गर्न मिल्ने निर्वाचन घोषणा पत्रको भाव झल्किने रहेको बताउनु भएको थियो ।
कार्यक्रममा सहभागिहरुले लेखक उपाध्यायको पुस्तक लेखन शैलि र नगरको विकासको खाका तयगर्ने प्रयाशलाई प्रशंसागर्दै अझै निखारिएर निरन्तरता दिन सुझाब दिएका थिए । केहि बिषयवस्तुहरु छुटेको भएपनि उदाहरणीय कामको शुरुवाद गरेकोमा सहभागिहरुले धन्यवाद सहित अघिबढ्न हौसाला प्रदान गरेका थिए ।
समिक्षा कार्यक्रमा साहित्यकार किसान शर्मा गैरे,बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपन,साहित्य समाज नवलपरासीका अध्यक्ष डा. श्यामप्रसाद न्यौपाने, लेखक तथा बर्दघाट नगरका पूर्व प्रमुख प्रसासकिय अधिकृत कृष्ण प्रसाद पासकोटा,दिब्य ज्योती बहुमुखी क्याम्पस प्रध्यापक संघका अध्यक्ष शित्तल अधिकारी,नेपाल शिक्षक महासंघ बर्दघाट नगर अध्यक्ष सभ्यता प्रसाई,नेपाल पत्रकार महासंघ नवलपरासी जिल्लाका काव. अध्यक्ष विकास अधिकारी लगाएतले लेखक उपाध्यायको पुस्तकका वारेमा आ–आफ्ना धारण प्रस्तुत गर्नु भएको थियो ।

लेखकले आफ्नो तथ्य, अनुभव र समग्र बर्दघाट बिकासमा आधारित बर्दघाटको विकास दर्शन उपशीर्षक दिएर बर्दघाट नगरको समग्र रूपान्तरणको खाका प्रस्तुत गरीरहदा पुस्तकको आवरण पृष्ठमा बर्दघाटका धार्मिक सहिष्णुता र पर्यटकीय सम्भावनालाई झल्काउने शिव मूर्ति, मन्दिर, मस्जिद र सिमसार क्षेत्रका तस्विरहरु समावेशगर्नु भएको छ ।
विमोचन कार्यक्रममा लेखक उपाध्यायले यो पुस्तक कुनै राजनीतिक घोषणापत्र नभई आफुले देखेको, भोगेको र अनुभव गरेको बर्दघाटको यथार्थ चित्रण र भविष्यको मार्गचित्र भएको बताउदै आफ्नो राजनीतिक,आर्थिक र सामाजिक जिवनमा बर्दघाटको बिकासलाई साझा एजेन्डाको रुपमा आफुले आफ्नो अनुभव र योजनालाई पुस्तकमा समेटेको बताउनु भएको थियो । उहाँले आफ्नो जिवनका भोगाई,आशा र परिवर्तनको मार्गचित्र स्वरुपको खाका ‘बर्दघाट रूपान्तरणको ब्लुप्रिन्ट’ रहेको जानकारी गराउनु भएको थियो ।
लेखकले पुस्तकको सुरुवातमा बर्दघाटको माटो, मानिस र सम्भावनाको बिषयबस्तुलाई समेटिनु भएको छ भने त्यसपछि आफुले देखेको बर्दघाट र अनुभवले सिकाएको विकासको पाठलाई प्रस्तुत गर्दै अहिलेको बर्दघाटको यथार्थपरक विश्लेषण उक्त पुस्तकमा गर्न खोजेको पाइएको छ ।
पुस्तकमा सबैभन्दा जोड दिइएको विषय सुशासन र तथ्यमा आधारित विकासको नयाँ मोडेल रहेको छ भने पुरानो परम्परागत शैलीलाई त्यागेर प्रमाण र तथ्यमा टेकेर विकास कसरी गर्न सकिन्छ भन्ने अवधारणा समेटिएको छ।
आत्मनिर्भरतादेखि समृद्धिसम्म लैजाने कृषि, पर्यटन, सीप र अवसर मार्फत आत्मनिर्भर बनाउने बर्दघाटको अवधारणा अघि सारिएको छ। तर
स्थानीय तहको निर्वाचनको संघारमै यो पुस्तक विमोचनले यसलाई अर्थपूर्ण रुपमा समेत हेर्न थालिएको छ ।तर उपप्रमुख उपाध्यायले भने त्यस्तो आशय भन्दा पृथक रुपमा आफ्ना अनुभव र भोगाईलाई लिपिवद्ध गरिएको दावि गर्नु भएको छ ।
