कृष्ण ढकाल
बर्दघाट, कार्तिक–२२
यहि मंसिर १७ गते देखि २९ गतेसम्म बर्दघाटमा नवौं बर्दघाट महोत्सव –२०८३ सञ्चालन हुने भएको छ। बर्दघाट नगरको कृषि तथा पर्यटनको विकास र व्यावसायिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यले बर्दघाट उद्योग वाणिज्य संघले बर्दघाट महोत्सव सञ्चालन गर्न लागेको आईतवार आयोजीत पत्रकार सम्मेलनमा जानकारी गराएको थियो ।
व्यावसायिहरु विच आपसी समन्वय र सहकार्य अभिवृद्धि गर्ने तथा स्थानीय कृषि उत्पादनलाई आर्थिक समृद्धिको आधारको रुपमा विकास गर्न महोत्साव सफल रहने आयोजक संस्थाका अध्यक्ष लेखनाथ न्यौपानेले बताउनु भएको छ । त्यसैगरी महत्सवमा पर्यटकीय स्थलहरुको प्रचार प्रसारलाई विशेष प्राथमिकता दिइने गरी आयोजक अघिबढेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
‘कृषि, पर्यटन, उद्योग र व्यापार, समृद्ध बर्दघाटको बलियो आधार’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवले बर्दघाट नगरको धार्मिक, ऐतिहासिक ,पुरातात्विक र लोकसंस्कृतिसँगै पर्यटन क्ष्ँेत्रको प्रचार प्रसारमा थपटेवा पुग्ने लक्ष्य अध्यक्ष न्यौपानको भनाइ रहेको छ।

बर्दघाट –४,हरियालीनगरमा रहेको “बर्दघाट मण्डप”मा सञ्चालन हुने महोत्सव १३ दिनसम्म चल्ने छ । महोत्सवमा करिब ७० लाख रुपैयाँ खर्च हुने तथा करिब २ लाख दर्शकले अवलोकन गर्ने र ३ करोड रुपैया बराबरको आर्थिक कारोबार हुने लक्ष्य लिइएको महोेत्सव आयोजक संस्थाका सचिव डिल्ली कंडेलले पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको थियो ।
बर्दघाट–४ हरियालीनगरमा रहेको बर्दघाट मण्डपमा सञ्चालन हुने महोत्सवमा जिल्ला तथा नगरभित्र उत्पादन हुने घरेलु एवं कुटिर उद्योगका सामग्री, दैनिक उपभोग्य वस्तु, जडीबुटी, कृषि उत्पादन, शैक्षिक, स्वास्थ्य, बैङ्किङ तथा वित्तीय संस्था, होटल, रेस्टुरेन्टका साथै बालउद्यान लगायतका २५० वटा स्टल रहनेछन् भने दर्शकको मनोरञ्जनका लागि स्थानीय तथा राष्ट्रिय कलाकारहरूको दैनिक सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।
कृषि हस्तकला तथा स्थानीय उत्पादन र उद्यमशीलतालाई प्रोत्साहन गर्न संघमा आबद्ध वा नगरपालिका घरेलु तथा साना उद्योग कार्यालयबाट सिफारिस प्राप्त कृषि हस्तकला तथा घरेलु उत्पादनका प्रदर्शकलाई निःशुल्क स्टल उपलब्ध गराइने भएको छ । त्यसैगरी सङ्घमा आबद्ध र नवीकरण भएका व्यवसायीहरूलाई मङ्सिर १५ गतेसम्म स्टल बुकिङ गर्दा ५० प्रतिशत छुट दिइनेछ भने स्थानीय पालिका तथा घरेलु उद्योगबाट सिफारिस प्राप्त कृषि, हस्तकला र घरेलु उत्पादनहरूलाई निःशुल्क स्टल उपलब्ध गराइने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
महोत्सव प्रवेशका लागि साधारण टिकट दर १ सय र विद्यार्थीहरूलाई ३० प्रतिशत छुट तथा ज्येष्ठ नागरिक, असक्त र अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको जनाएको छ। त्यसैगरी टिकट लिएर प्रवेश गर्ने दर्शकका लागि महोत्सव स्थलमा दुर्घटना बिमाको व्यवस्था गरिएको बताइएको छ ।
