कृष्ण ढकाल
बर्दघाट,कार्तिक–२३
शुभ दिपावली तथा छठ् पर्वको अवसरमा दाउन्नेदेवि महिला बहुउद्धेश्यीय सहकारी संस्था,बर्दघाटले शनिवार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाकी अध्यक्ष देवि पौडेलको अध्यक्षता र बर्दघाट नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्यायको प्रमुख आतिथ्यतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा बर्दघाट नगरका विभन्न सामाजिक तथा शैक्षिक र वित्तिय संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको उदेश्य माथी प्रकास पार्दै संस्थाकी अध्यक्ष देवि पौडेलले महिलाहरुलाई ब्यवसायीमुखी बनाउन दाउन्नेदेवि महिला बहुउद्धेश्यीय सहकारी संस्थाले झोला कारखाना सञ्चालनमा ल्याएको बताउनु भयो । उहाँले नगरलाई समृद्धि बनाउने कार्यमा समेत संस्थाले सञ्चालन गरेको झोला कारखाना एउटा महतवपूर्ण माध्याम हुनेमा आफु विश्वस्त रहेको बताउनु भयो ।
संस्थाकी कार्यसमिति सदस्य बिजु खाँडको सञ्चालन र उपाध्यक्ष रजनी वस्नेतको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपाध्ययाले संस्थाले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमले संस्कार र संस्कृतिको जर्गेना गर्ने कार्यमा सहयोग पुग्ने बताउनु भएको थियो । उहााले हाम्रा चाडपर्वहरुको अवसरमा सबैलाई एकै स्थानमा जम्मा गरेर शुभकामना दिने अवसर प्रदान गरेकोमा धन्यवाद प्रकट गर्दै आफुले आफ्नो तर्फबाट हुने र गर्न सक्ने सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

सोही कार्यक्रममा बोल्दै सहकारी बैंक सञ्चालन समितिका सदस्य विष्णु बरालले सहकारीहरुलाई सवल बनाउन स्थानिय तहहरुले पनि सहयोग गर्न जरुरी रहेको बताउदै बर्दघाट नगरमा रहेर महिलाहरुलाई संगठीत गर्दै बचत गर्ने ,ब्यवसायीक बनाउने र महिला आश्रय केन्द्र सञ्चालन गरेर मानविय कार्यमा समेत अघिबढेकोमा धन्यवाद प्रकट गर्नु भएको थियो ।
त्यसैगरी बर्दघाट प्रेस कल्बका अध्यक्ष कुस्माकर ढकालले दिपावली तथा छठ् पर्वको शुभकामना दिदै नेपाली संस्कार र संस्कृतिको संरक्षगर्दै आफ्नो गक्षअनुसारको पर्वहरु मनाउन आग्रह गर्नु भयो । पत्रकारहरु सदैव सबैको प्रतिपक्ष रहनेमा जोड दिदै उहाले समाजको एैनाका रुपमा रहने पत्रकारहरुले कहिल्यै पनि तथ्य र प्रमाण बिना कुनै पनि समाचार नलेख्ने प्रस्टपार्नु भएको थियो ।
त्यस्तै वेलाहानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष क्यापटन मान बहादुर थापाले दिपावली लगाएतका पर्वको शुभकामना दिदै सबैले संस्थालाई सहयोग गर्न आ–आफ्नो क्षेत्रबाट संस्थाले उत्पादन गरेका झोला किनेर सहयोग गरेमा स्थानिय उत्पादनले बजार पाउने धारणा राख्नु भएको थियो ।
शुभकामना आदान प्रदान कार्यक्रम चिसापानी सामुदायिक वनका अध्यक्ष होम बहादुर गुरुङ,कुमुदिनी मा.बि. सञ्चालक समितिकी अध्यक्ष कमला बस्याल,बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सचिव शोभकान्त कोइराला लगाएतको उपस्थिती रहेको थियो ।
शुभकामना आदान प्रदान कार्यक्रम पश्चात सहभागिहरुले दाउन्नेदेवि महिला बहुउद्धेश्यीय सहकारी संस्था,बर्दघाटले सञ्चालन गरेको झोला कारखानाको अवलोकन गर्नुका साथै त्यस कारखानाले उत्पादन गरेका झोला र त्यसको बजारीकरणका वारेमा छलफल गरीएको थियो ।
