कृष्ण ढकाल
बर्दघाट,कार्तिक–२९
मानव अधिकार तथा शान्ति समाज नवलपरासी शाखाको २६ औं वार्षिक साधारण सभा तथा १६औं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
समाजका जिल्ला सभापति शिवप्रसाद पौडेलको अध्यक्षता र संघिय सांसद विक्रम खनालको प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिक साधारण सभा पश्चात भएको जिल्ला को १६औं अधिवेशनले सुवर्ण न्यौपानेको नेतृत्वमा १५ सदस्य जिल्ला कार्यसमिति सर्बसम्वत चयन गरेको निर्वाचन समितिका संयोजक सन्तोष अधिकारीले जानकारी दिनुभएको छ ।
नव निर्वाचीत कार्यसमितिमा सभापति पदमा सुवर्ण न्यौपाने, उपसभापतिमा डिक बहादुर पाण्डे क्षेत्री ,सचिवमा देवु भट्टराई,कोषाध्यक्षमा भुपाल शर्मा र सहसचिवमा देविकला शर्मा रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा दिपक प्रसाद भण्डारी,युवराज भुषाल,हेमा न्यौपाने,राधा भट्टराई,गोमा पाण्डे,रिता कुमारी गुरुङ, बलराम भण्डारी,सभ्यता नेपाली,रेश्मीराज बस्याल र जीवन प्रसाद तिवारी रहनु भएको छ ।

मानव अधिकार तथा शान्ति समाज नवलपरासी शाखाको २६ औं वार्षिक साधारण सभाको समुद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले लोकतन्त्रमा सत्तापक्ष अर्थात सरकारलाई कुनै पनि नागरीकले प्रश्न गर्न पाउनु पर्ने र गर्नुपर्नेमा जोड दिनु भएको थियो । रास्वपाबाट निर्वाचीत संघिय सांसद खनालले सत्तापक्षलाई प्रश्न गर्ने अधिकारबाट नागरीकलाई कसैले रोकछेक गर्न नहुने भन्दै जनताले गरेका प्रश्नवाट सरकार सच्चिएर अघिबढ्नु पर्ने धारणा राख्नु भएको थियो ।
त्यसैगरी अर्का सोही पार्टीका संघिय सांसद नरेन्द्र कुमार गुप्ताले अहिले अझै सरकारको आलोचना गर्ने वेला नभएको धारणा ब्यक्त गर्नु भएको थियो । सांसद गुप्ताले कुनै पनि ब्यक्ति र सरकारका कामगर्ने शैलि फरक–फरक हुने भएपनि सबैको गन्तब्य भने एउटै रहेकोमा जोडदिनु भएको थियो ।

त्यसैगरी सोही कार्यक्रममा बोल्दै मानव अधिकार तथा शान्ति समाजकी केन्द्रिय सभापति रेनुका पौडेलले मानव अधिकारका सवालमा मात्र नभै सामाजिक न्याय र जलवायु परिर्वतनका समावलमा शान्ति समाजले थुप्रै कामगर्दै आएको दावि गर्नु भएको थियो । उहााले सत्तापक्ष देखि बिभिन्न क्षेत्रका नेतृत्वहरुलाई विधिको शासनमा रहेर कार्य सम्पादन गर्ने कार्यमा आफ्नो टिमले खवरदारी गर्दैआएको समेत बताउनु भयो ।
मानव अधिकार तथा शान्ति समाज जिल्ला सचिव योगेन्द्र भट्टराईको सञ्चालन रहेको उक्त कार्यक्रममा बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रसाद उपाध्याय,बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा. धनश्याम न्यौपाने,पूर्व जिल्ला सभापति कुल दिप आचार्य,बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकाल(कृष्ण) ,नेपाली काँग्रेसका सन्तु गाहा,नेकपा एमालेका रविन्द्र विक्रम हमाल,शान्ति समाजका केन्द्रिय महासचिव प्रकाश शाही,पूर्व सभापति गोविन्द खनाल,सचिव तिर्थ न्यौपाने लगाएतले आ–आफ्नो भनाई राख्नु भएको थियो ।
