बुटवल,कार्तिक–३०
लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा सञ्चालन भएको प्रदेश स्तरीय फुल कन्ट्याक्ट कराते छनोट प्रतियोगिता बुटवलको मिनी कबर्डहलमा आइतबार सम्पन्न भएको छ। छनोट प्रतियोगिता लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य कल्पना आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
प्रतियोगितामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी खेलाडीहरूले विभिन्न तौल समूह तथा विधामा उत्कृष्ट खेल प्रदर्शन गरेका थिए ।
रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख चन्द्रकान्त आचार्यको सभापतित्वमा भएकाे छनोट प्रतियोगितामा विशिष्ट अतिथिका रूपमा रुपन्देही जिल्ला कराते महासङ्घ का अध्यक्ष सन्तोष सिंहको उपस्थिति रहेको थियो। प्रतियोगिताको जुरीको जिम्मेवारी सिहान करुणानिधि त्रिपाठीले गर्नुभएको थियो।
प्रतियोगिताबाट प्रथम स्थान हासिल गरी छनौट हुने खेलाडीहरू कर्णाली प्रदेशको सुर्खेतमा मङ्सिर १६ देखि २७ गतेसम्म हुने “दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३”मा सहभागीता हुन जानेछन ।
प्रतियोगिताबाट प्रथम स्थान हासिल गरेकाहरू
महिला तर्फ
– ४५ केजी तौल समूह: गरिमा भण्डारी (रुपन्देही)
– ५० केजी तौल समूह: गरिमा बुढा मगर (रुपन्देही)
– ५५ केजी तौल समूह: सोनाली गुप्ता (रुपन्देही)
– ६० केजी तौल समूह: अनु महतो (रुपन्देही)
– खुल्ला तर्फ: अनुपा नेपाली (नेपालगञ्ज, बाँके)
पुरुष तर्फ
– ४५ केजी तौल समूह: निरज धोबी (रुपन्देही)
– ५० केजी तौल समूह: सुदिप मल्लाह (रुपन्देही)
– ५५ केजी तौल समूह: शितल सुनार (बर्दिया)
– ६० केजी तौल समूह: प्रबिन भण्डारी (रुपन्देही)
– ६५ केजी तौल समूह: रोहित सार मगर (रुपन्देही)
• ७० केजी ताैल समुह: अनुप श्रेष्ठ (रुपन्देही)
• खुल्ला तर्फ: यमलाल चौधरी (तिलोत्तमा,रुपन्देही)
काता विधा
– महिला तर्फ: याङसु श्रेष्ठ
– पुरुष तर्फ: कृष्णम वर्णवाल (रुपन्देही)
प्रतियोगितामा निर्णायकको भूमिका उदबहादुर खाम्चा थापा, कमल सारु मगर, गोपाल परियार ,सुजित यादव, नितेश जन्नधर, सुरज ढकाल रहनु भएको थियो।
