Bardaghat notish

पशुमा हुने बाँझोपना सम्वन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न 

543

रामप्रसाद पौडेल

परासी,असोज–२७

भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र,परासीको आयोजनामा प्राइभेट सेवा प्रदायक पशु चिकित्सक तथा प्राविधिकहरुसँग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

केन्द्रको वार्षिक कार्यक्रम अन्र्तगर आयोजित अभिमुखिकरण कार्यक्रम नि. कार्यालय प्रमुख टुकराज न्यौपानेको अध्यक्षता र पशु पंक्षी तथा मत्स्य निर्देशनालय बुटवलका महानिर्देहक भास्कर पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र,परासीको सभाहलमा भएको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले जिल्लाका पशु चिकित्सक तथा प्राविधिकहरुको क्षमता अभिवृद्धि गर्न कार्यमा सक्दो पहलगर्ने र प्रदेशमा हुने तालिममा सहभागि गराउने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

त्यसैगरी नि. कार्यालय प्रमुख टुकराज न्यौपानेले  आ.ब. २०८३÷०८४ को बजेटमा हुलाकी सडक आसपासका क्षेत्रमा भैसीमा वंस सुधार कार्यक्रम रहेको बताउनु भएको थियो ।

नवलपरासी जिल्लाका सातवटै पालिकाका पशु चिकित्सक तथा प्राविधिकहरु सहभागि रहेको उक्त कार्यक्रममा पशुरोग अन्वयषण प्रयोग शाला परासीका प्रमुख भरत काफ्लेले पशुमा बाँझोपन,समस्या र समाधानका उपायका वारेमा प्रशिक्षण गर्नु भएको थियो ।

पशु बाँझोपनका सबै अवस्था स्थायी हुँदैनन् र उचित कारण पत्ता लगाएर उपचार गरेमा धेरै पशुमा प्रजनन क्षमता सुधार हुन सक्छ भन्दै काफ्लेले समयमै उचित उपचार गराउन लाग्नु पर्ने बताउनु भएको थियो ।

कार्यक्रमको सञ्चालन डा.विभुती सिंहले गर्नु भएको थियो ।