Bardaghat notish

बर्दघाट नगरले असोज २५ सम्म ४ करोड ३० लाख राजश्व संकलन गर्यो

545

कृष्ण ढकाल
बर्दघाट,असोज–२८
बर्दघाट नगरपालिकाले आ.ब. २०८२/०८३ मा सम्पादन गरेका योजना तथा कार्यक्रमहरुको वार्षिक समिक्षा सम्पन्न गरेको छ ।
नगर प्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षतामा भएको समिक्ष्ाँ कार्यक्रममा नगर प्रवक्ता सन्त बहादुर गाहा , प्रमुख प्रसाशकिय अधिकृत ऋषिराम भुषाल लगाएत कार्यपालिका सदस्य,वडाध्यक्ष,कर्मचारी र पत्रकारहरुको सहभागिता रहेको थियो ।
समिक्षा कार्यक्रममा प्रस्तुत गरीएको कार्य सम्पादनको विवरण माथी छलफलगर्दै आगामी दिनमा नगरको कार्य सम्पादनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ ? भन्नेमा सहभागिहरुले चाँसो ब्यक्त गरेका थिए । त्यसैगरी शाखा प्रमुखहरुले कार्य सम्पादनका क्रममा भएका समस्या,चुनौती र समाधानका उपायका वारेमा समेत आ–आफ्नो धारणा राखेका थिए भने केहि नितिगत समस्यालाई कार्यपालिकाबाट समाधान खोजिनुपर्ने समेत बताएका थिए ।

योजना तथा कार्यक्रमहरु तर्फ ः

नगरको सभाहलमा भएको समिक्षा कार्यक्रममा योजना शाखाप्रमुख एवं सुचना अधिकृत पुष्कर काफ्लेले आ.ब. २०८२/०८३ मा नगरका ५ सय २३ योजना तथा कार्यक्रमहरु मध्ये ५ सय ११ वटा सम्पन्न गरेको जानकारी गराउनु भएको थियो । बाँकी रहेका १२ वटा योजनाहरु निमार्ण सामाग्रीको मुल्य बढ्ेका कारण र टेक्निकल समस्या रहेकाले कार्यान्वयनमा ल्याउन नसकिएको बताउनु भएको थियो ।
जस्मा उपभोक्ता समिति एवं संघ संस्था मार्फत ४ सय २१ वटा बोल पत्र मार्फत ३५ वटा,कोटेशन मार्फत ४१ वटा र सेवा परामर्शबाट १४ वटा सम्पन्न गरिएको समिक्षा कार्यक्रममा जानकारी गराउनु भएको थियो ।
राजश्व संकलन तर्फ ः

त्यसैगरी नगरपालिकाको आ.ब. २०८२/०८३ मा कुल बजेट ९७ करोड ३४ लाख ८७ हजार मध्ये ७९ करोड ७९ लाख १९ हजार ९ सय ३७ रुपैया खर्च गरेको छ भने करिव १६ करोड खर्च गर्न नसकेको देखिन्छ । जस्मा चालु खर्च तर्फ ६० करोड ६१ लाख ८१ हजार विनियोजन गरेकोमा ५४ करोड ३८ लाख ८३ हजार खर्च गरेको छ । त्यसैगरी पूँजीगत खर्च तर्फ ३६ करोड ७३ लाख ५ हजार विनियोजन गरेकोमा २५ करोड ४० लाख ३६ हजार खर्च गरेको समिक्षा कार्यक्रमा जानकारी गराइएको थियो ।
बर्दघाट नगरपालिकामा आ.ब. २०८१/०८२ सम्म नगरले सम्पादन गरेका योजना तथा कार्यक्रमहरुमा २० करोड ३७ लाख ९ हजार ९ सय २५ रुपैया वेरुजु आएको देखिन्छ । यसरी देखिएका वेरुजु रकमहरु मध्ये सैद्धान्तीक एवं नितिगत वेरुजु नै बढी रहेको नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ । जुन वेरुजु रकम मध्ये सबै भन्दा बढी स्वास्थ्य क्ष्ँेत्र लगाएतका करारका राखीएका कर्मचारीहरुको तलव भत्तामा खर्च भएका कारण बढी हुन गएकोले अब आउने रिपोर्टमा बेरुजुको रेसियो घट्ने सुचना अधिकारी काफ्लेको भनाइ छ ।
आ.ब. २०८१/०८२ मा बर्दघाट नगरपालिकाले ८ करोड राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा ८ करोड १३ लाख ७ हजार ६ सय ६९ रुपैया ६२ पैसा राजश्व संकलन गरेको थियो भने आ.ब. २०८२/०८३ मा १० करोड ५ लाख राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा ८ करोड ८० लाख ३० हजार ७ सय १० रुपैया ०१ पैसा राजश्व संकलन गरेको थियो । अहिले यो आ.ब. २०८३/०८४ मा ९ करोड राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा असोज २५ गते सम्म ४ करोड ३० लाख ७७ हजार ३५ रुपैया १८ पैसा राजश्व संकलन गरिसको राजश्व शाखा प्रमुख सारदा जि.सी.ले जानकारी गराउनु भएको छ । यो बर्ष देखि ब्यवसायिहरुलाई नगरबाट नै प्यान नंम्बर दिनेगरी राजश्व कार्यालयसंग सम्झौता भएकाले अब नगरले लिएको लक्ष्य भन्दा बढी राजश्व संकलन हुने शाखा प्रमुख जि.सी.को भनाए रहेको छ ।

न्याय सम्पादन तर्फ ः

बर्दघाट नगरपालिको न्याय समितिमा आ.ब. २०८२/०८३ मा पुराना र नयाँ गरी दर्ता भएका उजुरी तथा गुनासाहरुको संख्या ८० वटा रहेकोमा न्याय समितिले सम्पादन गरेका अर्थात फछर्याेट गरेका उजुरीहरुको संख्या ६८ वटा रहेको न्यायिक शाखाले जनाएको छ । जस्मध्ये ६ वटा नगरको न्यायप्रति चित्त नबुझेर पुनरावेदनमा गएको पाईएको छ ।