कृष्ण ढकाल
बर्दघाट,असोज–२९
जहदा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्ण प्रसाद गौतमको अध्यक्षता र बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन सचिब गजेन्द्र बहादुर जि.सी.ले गर्नु भएको थियो भने स्वागत मन्तब्य उपाध्यक्ष मनोहर रायमाझीले गर्नु भएको थियो ।
खानेपानी संस्थाको परिसरमा भएको वार्षिक साधारण सभालाई सम्बोधनगर्दै नगर प्रमुख श्रेष्ठले नगरका सबै खानेपानी संस्थाहरुको पाईपलाइन विस्तार र एक घर एक धारा अभियानका लागि नगरमा संघिय सरकारबाट आउने १ करोड अनुदान रकमलाई दामासाइ गरिने बताउनु भएको छ । उहााले नगरका सबै खानोपानी संस्थाहरुले उपभोक्ताहरुलाई वितरण गरेको खानेपानी वेला बेलामा नगर सरकारले स्थापना गरेको बर्दघाट खानोपानीको ल्यापमा लगेर परिक्षण गर्नका लागि समेत निर्देशन गर्नु भएको थियो । त्यसैगरी खानेपानी संस्थाहरुले बर्दघाट खानेपानी संस्थामा गएर संस्था सञ्चालन,खानोपानी वितरण लगाएतको विषयमा सिक्न र बुझन आग्रह समेत गर्नु भएको थियो ।
फरक प्रसंगमा नगर प्रमुख श्रेष्ठले खानेपानी संस्थाहरुको अभिभावक संस्थाका रुपमा रहेका दुई उपभोक्ता महासंघहरुले नगरका कुनै पनि खानेपानी संस्थाका कार्यक्रममा गएर आफ्नो संगठनको बारेमा जुहारी खेलेर उपभोक्ता र नगरका संस्थाहरुलाई अल्मलाउने काम नर्गन आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रिय सदस्य दिपक लम्सालले खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको कार्यशैली मन नपरेको कारण राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघमा लागेर जिल्लाका ठुला तथा साना सबै खानेपानी संस्थाहरुलाई समेटेर अघि बढेको बताउनु भएको थियो । उहाँले एउटै उद्धेश्यका लागि अब दुईवटा महासंघ आवश्यक नरहेको भन्दै एक भएर जानुको विकल्प पनि नरहेको धारणा राख्नु भयो ।
त्यसैगरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका जिल्ला अध्यक्ष देविदत्त सापकोटाले आफुहरुको महासंघले ग्रामिण खानेपानी संस्थाको लिड गर्ने गरेकोमा आफु माताहतका संस्थाहरु र आफ्नो जिल्लाको सिंगो टिमलाई किन ? र के ? कारणले राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघले खोसेको भन्दै मञ्चीय भाषणमा नै जुहारी शुरु गर्नु भएको थियो । तर दुबै महासंघको एउटै उद्धेश्य भएकाले समाहित भएर जानुको साटो राजनितिक आस्थाका आधारमा समान्नतर महासंघ बनाउनु आवश्यक नभएकाले दुई महासंघलाई समायोजन गरेर जानका लागि आफुले केन्द्रिमा कुरा राख्ने समेत बताउनु भएको थियो ।
विहिवार भएको जहदा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको तेस्रो वार्षिक साधारण सभामा संस्थाका संस्थापक अध्यक्ष निमानन्द न्यौपाने लगाएतको सिंगो टिमलाई सम्मान गरीएको थियो । कार्यक्रममा वडा नं. १२ का वडाध्यक्ष्ँ उमाशंकर चौधरी,संस्थापक अध्यक्ष निमानन्द न्यौपाने लगाएतले बोल्नु भएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष कृष्ण प्रसाद गौतमको प्रगति प्रतिवेदन,सचिब गजेन्द्र बहादुर जि.सी. प्रशासनिक प्रतिवेदन,कोषाध्यक्ष मेनुका आचार्यको आर्थिक प्रतिवेदन र कृष्ण प्रसाद काफ्लेको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरीएको थियो ।प्रस्तुत प्रतिवेदन अनुसार संस्थाको आर्थिक कारोकार ६० लाख ७२ हजार ६ सय ११ रुपैया बराबरको आय ब्यय रहेको छ ।

२०६८ सालबाट संस्था स्थापना गरेर शुरु गरेको जहदा खानेपानी तथा सरसफाई उपभोक्ता संस्था २०८० माघ २३ गते नगरमा दर्ता भएर अहिले संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बर्दघाट र प्रपापुर पालिकामा सेवा क्ष्ँेत्र रहेको यो संस्थाले अहिले करिव ३ हजार द्दरधुरीका ११ हजार ९ सय ७५ जना ब्यीक्तीहरुलाई नियमित रुपमा खानेपानी वितरण गरीरहेको छ ।
४ जना कर्मचारीलाई रोजागर दिन सफल रहेको यो संस्थाले अहिले सम्म १ हजार ३ सय ६८ वटा निजि तथा संस्थागत धाराहरु जडान गरेको छ भने २ वठा डिपवेल र१ वटा २ सय २५ घनमिटरको ओभरहेड टंकी निमार्ण गरेको छ । चौबिसैघण्टा खानेपानी वितरणको ब्यवस्था मिलाएको यो संस्थाको न्युन्तम मासिक पानी शुल्क १५ यूनिटको १ सय २० रुपैया रहेको छ ।
