रामप्रसाद पौडेल
बर्दघाट,असोज–२५
नेपाल पारा भेटेरीनरी एण्ड लाइभ स्टक एशोसियसन जिल्ला समिति नवलपरासीले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
एशोसियसनका जिल्ला अध्यक्ष निरज पौडेलको अध्यक्षता र नेपाल पारा भेटेरीनरी एण्ड लाइभ स्टक एशोसियसनका केन्द्रिय सल्लाहकार एवं संस्थापक लोकराज भुषालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
योग तथा प्राकृतिक चिकित्सक बिषेशज्ञ डा. ध्रुब कुमार धिमिरेको बिषेश आतिथयता रहेको कार्यक्रममा आयोजक संस्थाका जिल्ला सल्लाहकार रामप्रसाद पौडेल बर्दघाट नगर अध्यक्ष रमेश पाण्डे लगाएतको सहभागिता रहेको थियो ।
पश्चिम नवलपरासी जिल्लाका ७ ओटै पालिकाका सरकारी तथा निजि पशु सेवा प्राविधिकहरु उपस्थिती रहेको उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले ब्यवसायीका समस्या र समात्रानका लागि गर्नु पर्ने पहल सँगै संगठनको महत्वर प्रभावकारीताका वारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भुषालले संगठन निमार्ण गर्नु पर्ने आवश्यकता ,ऐतिहासिक पृष्ठभुमि , भावि कार्यक्रम र पेशागत हक अधिकारका वारेमा प्रष्ट पार्नु भएको थियो । उहाँले सरकारले ल्याएको मासु जाँच ऐनमा प्राविधिकलाई पनि सहभागि गर्नु पर्ने धारणा राख्नु भएको थियो ।
त्यसैगरी बिषेश अतिथि घिमिरेले योग र जिवन शैलिवारेमा प्रस्टाउनु भएको थियो भने सल्लाहकार रामप्रसाद पौडेलले बजारको पैसा गाउामा जाने एक मात्र उत्पादन दुध भएकोमा भन्दै पशु र देशको जि.डि.पि. मा पशुसेवा प्राविधिकको प्रमुख भुमिका रहने बताउनु भएको थियो । पौडेलले पशुसेवा प्राविधिकलाई बेला बेलामा तालिमहरु प्रदानगरी दक्ष बनाउनु पर्ने सुझाब राख्नु भएको थियो । स्थानिय तहमा मस्यपालन समेत पशुपालनसँग जोडीएकाले मस्यपालनका वारेमा समेत तालिम प्रदान गर्नु पर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा प्रदेश सदस्य बिमल ढकाल,रमेश पाण्डे लगाएतले समेत आफ्नो धारण राख्नु भएको थियो ।
