कृष्ण ढकाल
बर्दघाट,असोज–२२
सामाजिक विकास डिभिजन कार्यालय रूपन्देहीको आयोजनामा विहिवार नवलपरासीको बर्दघाट–४,मा रहेको दाउन्नेदेवि मा.बि.मा अन्तरपुस्ता सिकाइ स्थानान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
डिभिजन कार्यालयका प्रमुख हरिबहादुर विष्टको अध्यक्षता र बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रसाद उपाध्यायको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बर्दघाट नगरक्षेत्रका शैक्षिक तथा बौद्धिक ब्यीक्तत्वहरु सँगै दाउन्ने देवि मा.बि.का शिक्ष्ँक,बिद्यार्थी,अभिभावक लगाएतका ब्यक्तिहरुले आफ्नो जिवनको सिकाइ र अनुभव नयाँपुस्ताहरुसँगै बसेर कार्यशालाका रुपमा आदान प्रदान गरेका थिए । अन्तरपुस्ता सिकाइ स्थानान्तरण कार्यक्रमको सहजीकरण शुवास गौतमले गर्नु भएको थियो ।
भागिरथ अधिकारीको सञ्चालनमा भएको अन्तरपुस्ता सिकाइ स्थानान्तरण कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ नवलपरासीका प्रमुख महेन्द्र सुवेदी ,बर्दघाट वडा नं।४ का वडा अध्यक्ष वेदविना तिवारी ,वडासदस्य जनक रावल बर्दघाट नगरपालिका शिक्षा शाखा प्रमुख लगायत उपस्थिती रहेको थियो ।
