कृष्ण ढकाल
बर्दघाट,कार्तिक–१३
दिब्यज्योती बहुमुखी क्याम्पस,बर्दघाट–२,चिसापानीको नवनिर्वाचीत सञ्चालक समितिको शपथ ग्रहण तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ।
नवनिर्वाचीत सञ्चालक समितिलाई निर्वाचन समितिका संयोजक अधिवक्ता रामकृष्ण पौडेलले सपथ ग्रहण गराउनु भएको थियो । क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा उपप्रध्यापक कृष्णबन्धु पौडेलको सञ्चालनमा भएको कार्यक्रममा नवनिर्वाचीत सञ्चालक समितिलाई सम्मान सहित निर्वाचीत प्रमाण प्रत्र प्रदान गर्नुका साथै समितिको माईन्युट हस्तान्त्रण गरेर जिम्मेवारी प्रदान गरीएको थियो ।
शपथ ग्रहण तथा पदभार ग्रहण कार्यक्रममा बोल्दै दिब्यज्योती बहुमुखी क्याम्पस ब्यवस्थापन समितिका नवनिर्वाचीत अध्यक्ष रुक्मागत ज्ञवालीले क्याम्पसबाट प्रदान गरीने शिक्ष्ाँलाई गुणस्तरीय,ब्यवस्थीत,सहज र सर्वसुलभ बनाउन सबैको सहयोग आवश्यक रहने बताउनु भयो । उहाँले आफ्नो जिम्मेवारीलाई सबैको साथ र सहयोगले सहज रुपमा पुरा गर्ने धारणा ब्यक्त गर्नु भएको थियो ।

त्यसैगरी दिब्यज्योती बहुमुखी क्याम्पस ब्यवस्थापन समितिका निर्वतमान अध्यक्ष पुण्यप्रसाद पौडेलले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति धन्यवाद प्रकटगर्दै त्रिवीको निति अनुसार क्याम्पसको विधान संसोधन गरेर आफ्नो कार्यकाल आफै छोट्याएको बताउनु भएको थियो । उहाँले घाटामा रहेको क्याम्पसलाई नाफामा लानका लागि आफ्नो टिम सफल हुँदा कहिकतै कसैको चित्तदुखेको पनि हुन सक्ने बताउनु भयो ।
पूर्वअध्यक्ष वृहस्पति अधिकारीले अहिले सम्मका सबै नेतृत्वहरुले संस्थाको पक्षमा रहेर काम गरेकै कारण आज सफल संस्था बन्न पुगेको धारणा राख्नु भएको थियो ।
त्यसैगरी वडा नं. २ का वडाध्यक्ष गणेशबहादुर क्षेत्रीले संस्थामा हुने कुनै पनि मिटिङ्गहरु छोटा नहुने गरेकोले निर्णयमा पुग्न नसकिने भएकाले छोटो र बिषय केन्द्रीतहुन जरुरी रहेकोमा जोडदिनु भयो ।

प्रध्यापक बद्रीनाथ खनालले अन्य क्याम्पसहरुमा क्याम्पस सभा ,बिद्यार्थी युनियन र प्रध्यापक संघको निर्वाचन नियमित गर्न नसकेको अवस्थामा दिब्यज्योती बहुमुखी क्याम्पसले नियमित गर्नु आफैमा सुन्दरपक्ष रहेको बताउदै निरन्तर रुपमा विना पारिश्रम सामाजिक सेवामा सर्मपित भएर लाग्नु उदाहरणीय रहेको धारणा राख्नु भएको थियो भने प्रध्यापक संघका उपाध्यक्ष बोमलाल पाण्डेले प्रध्यापकहरुको तलब कटौतीलाई सच्चाएर लानु पर्ने माग अघि सार्नु भएको थियो ।

शपथ ग्रहण तथा पदभार ग्रहण कार्यक्रम पश्चात नवनिर्वाचीत अध्यक्षयलाई पदभार ग्रहण गराएसँगैै समितिको पहिलो बैठक पनि आज नै बसेको थियो ।

