Bardaghat notish

युवा प्रतिनिधि सागर बि क ले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

41

 

बर्दघाट, असोज–१७
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित शिशिर सागरले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

बर्दघाट नगरपालिका–१४ निवासी सागरले ३५ वर्षमुनिको युवा क्लस्टरबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताएका हुन् । नेपाली कांग्रेसका सक्रिय सदस्य रहेका उनी लामो समयदेखि सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका छन् ।
सामाजिक तथा व्यवसायिक क्षेत्रमा क्रियाशील सागर हाल हाटबजार व्यवसायीको जिल्ला अध्यक्षका रूपमा समेत कार्यरत छन् ।

युवाको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको उनले बताएका छन् ।
नवलपरासी क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएपछि सागरले पार्टीको केन्द्रीय नेतृत्वमा युवा पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यसहित आफ्नो उम्मेदवारी अघि बढाउने बताएका छन् ।