रामु भुसाल
बर्दघाट, असोज २०,
उपभोक्ता हित संरक्षण मञ्च नेपाल बर्दघाट नगर समितिको आयोजना तथा बर्दघाट नगरपालिकाको सहकार्यमा उपभोक्ता शिक्षाका लागि विद्यार्थी अभिमुखिकरण तथा परिचालन कार्यक्रम बर्दघाटमा सम्पन्न भएको छ।
कार्यक्रम गत असोज ७ गतेदेखि नगरभित्रका २६ वटा निजि तथा सामुदायिक माध्यमिक विद्यालयमा अभियानका रूपमा सुरु गरिएको थियो।
अभियान अन्तर्गत मंगलवार एक्स आर्मी बोर्डिङ स्कुल (बर्दघाट-४) र कुमुदिनि इङलिस बोर्डिङ स्कुल (बर्दघाट-४) मा कार्यक्रम गरि सम्पन्न गरिएको छ।
छुट्टाछुट्टै आयोजित कार्यक्रममा मञ्चका नगर अध्यक्ष धनमाया गिरीको अध्यक्षतामा कार्यक्रम गरिएको थियो।
कार्यक्रममा कुमुदिनि इङलिस बोर्डिङ स्कुल व्यवस्थापन समिति अध्यक्ष कमला शर्मा ,सोहि बिद्यालयका प्र अ रेश्मिराज बस्याल,एक्स आर्मी बोर्डिङ स्कुलका प्र अ मिन केशर शर्मा लगायतले मन्तव्य राख्दै उपभोक्ताको हकहितका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउदै व्यवसायीहरूले मर्यादित रूपमा व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँहरुले यो शिक्षा ब्यवारिक भएकालेे परिवर्तन आफै बाट शुरु गर्नु पर्ने बताउदै उपभोक्ताले खाद्यवस्तु खरिद गर्दा र विक्रेताले बिक्री गर्दा ध्यान दिनुपर्ने विषय, गुणस्तरहीन वस्तु सेवन गर्दा हुने हानि-नोक्सानीका बारेमा ध्यान दिन आग्रह गर्नु भयो।
कार्यक्रममा अध्यक्ष गिरिले उपभोक्ताको अधिकार, कर्तव्य तथा बजारमा हुने ठगी र अनियमितताप्रति सजग बनाउने उद्देश्यले विद्यालयस्तरबाटै उपभोक्ता शिक्षा प्रवर्द्धन गरिएको बताउनुभयो ।
वहाले विद्यार्थी मार्फत परिवार र समुदायसम्म उपभोक्ता अधिकारसम्बन्धी सन्देश प्रभावकारी रूपमा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमको सहजीकरण गर्दै उपभोक्ता हित संरक्षण मञ्च नेपाल नवलपरासीका सदस्य कुश्माखर ढकाल (कृष्ण ) र उपभोक्ता हित संरक्षण मञ्च नेपाल बर्दघाट नगर उपाध्यक्ष रामु भुसालले उपभोक्ता संरक्षणस म्बन्धी प्रचलित कानुनीवस्था, उपभोक्ताका मौलिक अधिकार, गुणस्तरीय वस्तु तथा सेवा छनोट गर्ने तरिका, वस्तुको उत्पादन तथा म्याद समाप्त हुने मिति हेर्ने बानी, मूल्यसूचीको महत्व, बिल लिने संस्कार तथा बजारमा देखिने विभिन्न प्रकारका उपभोक्ता ठगीका विषयमा जानकारी गराउनु भएको थियो।
मंचका नगर सदस्य लक्ष्मि बर्तौला र चन्द्र कुमारी आलेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन मंचका नगर सचीव डोर बाहादुर खत्री (दिलिप)ले गर्नु भयेको थियो।
अभिमुखीकरण कार्यक्रमपछि विद्यालयमा गठित उपभोक्ता सचेतना क्लबका विद्यार्थीहरूलाई बजार अनुगमन गराइएको थियो। अनुगमनका क्रममा उपभोक्ता तथा विक्रेताहरूलाई उपभोग्य वस्तुको शुद्धता, गुणस्तर, मूल्य, नापतौल, बिक्री अनुमति, दर्ता, नवीकरण र मूल्यसूचीजस्ता विषयमा जानकारी गराउँदै अनुगमन फारम समेत सङ्कलन गरिएको थियो।
