Bardaghat Na pa

भाषा परीक्षामा धेरै विद्यार्थी सहभागी गराउने मध्ये सुसुकी बर्दघाट दोस्रो

612

पाैष–१४

वैदेशिक अध्ययन अन्तरगत जापान जानका लागि भाषा परीक्षा गराउने संस्था जे-सर्ट बुटवलले आफ्नो ७ औँ वार्षिक भेला सम्पन्न गरेको छ । सो अवसरमा शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको नवनिर्वाचित नेतृत्वलाई सम्मान गर्नुका साथै जेसर्टमा सहभागी हुने परामर्शदाताहरु मध्ये उत्कृष्ट संस्थालाई सम्मान गरेको छ ।
भेलामा बोल्दै इक्यान रुपन्देहीका अध्यक्ष गोविन्द बस्नेतले अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई सही र परामर्श प्रदान गर्नुका साथै आवश्यक सम्पूर्ण कानूनी प्रक्रियाहरु बुझाउन आवश्यक रहेको उल्लेख गरे । परामर्श केन्द्रहरुले आर्थिक लाभका लागि कुनै पनि अनैतिक काम गरेमा इक्यानले त्यस्ता क्रियाकलापलाई साथ नदिने स्पष्ट पारे । पछिल्लो समय जापान जाने विद्यार्थीको चाप बढ्दै जाँदा उनीहरुलाई सहि परामर्श र भिषा प्रक्रियाको काम थप संवेदनशिल भएर गर्नुपर्ने चुनौति थपिएको बताउँदै उनले व्यवसायिक मर्यादामा रहेर काम गर्न आग्रह गरे ।

यसैगरी ईक्यानका केन्द्रीय सदस्य तथा रुपन्देहीका संस्थापक अध्यक्ष देव कुंवरले विद्यार्थीलाई सही परामर्श दिन आग्रह गरे । राज्यको नीति अनुसार मर्यादित भएर काम गर्न आग्रह गर्दै उनले विदेश अध्ययनका क्रममा आउन सक्ने चुनौति तथा त्यसको समाधानका विषयमा विद्यार्थीलाई सही परामर्श र मानसिक रुपमा तयार पार्नुपर्ने उल्लेख गरे ।

जापान जानका लागि भाषा परीक्षा सञ्चालन गर्ने माध्यमहरु मध्यको जे-सर्ट अन्तरगत बुटवल सेन्टरबाट मात्रै वार्षिक ५ हजार बढी विद्यार्थी परीक्षामा सहभागी हुने गरेको जीसर्ट बुटवलका प्रवन्ध निर्देशक राजेन्द श्रेष्ठले जानकारी दिए । यस संस्था अन्तरगत रुपन्देहीका करिब एक सय परामर्श केन्द्रहरुमा अध्ययनरत विद्यार्थी परीक्षामा सहभागी हुने गरेको उनले बताए ।
जेसर्टले पछिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी विद्यार्थीलाई भाषा परीक्षामा सहभागी गराउने बुटवल सेन्टर कलेजलाई सम्मान गरेको छ । यसैगरी भाषा परीक्षामा धेरै विद्यार्थी सहभागी गराउने संस्थाहरु मध्ये दोस्रो हुन सफल सुसुकी कन्सल्टेन्सी बर्दघाट र तेस्रो हुन सफल आकारुई एजुकेसन कन्सल्टेन्सी बुटवललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सहभागी संस्थाहरुलाई स्वागत गर्दै जे-सर्ट बुटवलका प्रबन्ध निर्देशक ओमप्रकाश श्रेष्ठले जापानमा अध्ययनमा जाने विद्यार्थीको आकर्षण बढ्दै गएको बताउँदै थप व्यवस्थित भएर काम गर्नुपर्ने धारणा राखे । विश्वव्यापीकरणसँगै युवा विद्यार्थीहरुमा अध्ययनका लागि वैदेशिक यात्राको लहर चलिरहेको बताउँदै उनले विदेशमा प्राप्त सीप र ज्ञानलाई पुनः नेपालमै आएर सदुपयोग गर्नुपर्नेमा जोड दिए ।