Bardaghat notish

सुस्ताको नदीकटान रोक्न सरकारले बजेट व्यवस्थापन गर्छः मुख्यमन्त्री आचार्य

993

कृष्ण ढकाल
साउन–२४
सुस्ता कटान रोक्न प्रदेश सरकारले आवश्यक बजेट व्यवस्थापन गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताउनु भएको छ । उहाँले सुस्तावासीले आफ्नो भूमि जोगाउन खेलेको रक्षा कवचको भूमिका प्रशंसनीय रहेको भन्दै सुस्तावासीहरुलाई धन्वाद प्रकट गर्नु भएको थियो ।

नारायणी नदीले सुस्ता क्षेत्रमा गरेको कटानको निरीक्षण गर्न आज सुस्ता पुग्नुभएका मुख्यमन्त्री आचार्यले “नदीले गरेको कटान रोक्ने महान् अभियानमा जुट्नुभएका सुस्ताबासी स्थानीय र सुरक्षा निकायको म प्रशंसा गर्दछु, हामीले यो क्षेत्रको कटान रोक्न बिपद व्यवस्थापन कोषबाट हामीले बजेट व्यवस्थापन गर्नेछौँ”, मुख्यमन्त्री आचार्यले भन्नु भयो । यसका लागि बजेटको अभाव हुन नदिने मुख्यमन्त्री आचार्यले प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकले कठिन परिस्थितिमा समेत नेपाली भूमि संरक्षणमा निरन्तर योगदान दिँदै आएको भन्दै उहाँले सुस्तावासीप्रति आभार ब्यक्त गर्नु भयो । मुख्यमन्त्री आचार्यले सुस्ताको संरक्षण नागरिकको संरक्षणमा प्रदेश सरकार गम्भीर रहेको उल्लेख गर्नुभयो ।
नारायणी नदीले सुस्ता क्षेत्रमा गरेको कटानको निरीक्षण गर्न लुम्बिनी प्रदेशका बन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार, निर्वतमान संघिय सांसद तथा नेकपा एमालेका केन्द्रिय सदस्य एवं जिल्ला ईन्चार्ज सरिता भुषाल, प्रदेश सदस्य रामु भण्डारी,धन बहादुर गुरुङ,जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारी,सहितका अन्य नेताहरू सुस्ताभुमिमा पुगेका थिए ।

सुस्ता वडा नं. ५ नदी पारी थारुटोलदेखी उत्तरतर्फको बाध नारायणी नदीले कटान गरेपछि जिल्ला प्रशासन कार्यालयले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको जनशक्तिलाई परिचालन गरी बोरामा माटो,गिट्टी भरी तटबन्ध कार्यलाई अगाडि बढाइएको छ ।

रातदिन सुस्ताका स्थानीयहरुले तटबन्ध गर्ने काम गरीरहदा यस अघि शनिबार नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको केन्द्रिीय टोली र प्रतिनिधि सभा सदस्य बिक्रम खनाल समेतको टोलि पनि सुस्ताको नदीकटान स्थानमा पुगेको थियो ।