sunwal

अध्यक्ष यादव दाउन्नेबाट पकाउ

563

प्रतापपुर ,साउन-२३

पश्चिम् नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हरेन्द्र यादब दाउन्ने बाट पक्राउ पर्नुभएको छ ।

उहा बिरुद्द प्रहरीमा किर्ते र ठगि को जाहेरी परेको छ । नवलपरासी जील्ला अदालतबाट पक्राउ पुर्जी लिएर प्रहरिले अनुसन्धान अगाडि बढाएको थियो ।

यादवले आफुलाई पक्राउ नगर्नका लागि उच्च अदालत तुलसीपुर बुटवल इजलास बाट अल्पकालिन अन्तरिम आदेश लिएकोमा शुक्रबार उच्च अदालत बुटवल इजलासले अल्पकानिन आदेशलाई निरन्तरता दिनु आवश्यक नदेखिएको आदेश जारी गरेपछि निजलाई पक्राउ गर्ने बाटो खुलेको थियो ।

यादवलाई इलाका प्रहरी कार्यालय बर्दघाट बाट खटिएको टोलिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक मदन थापाले जानकारी दिनुभयो ।