sunwal

बर्दघाट युथ नेटवकबाट सामुहिक राजिनामा

653

कृष्ण ढकाल
बर्दघाट, साउन–२३
केहि समय अघि गठन भएको बर्दघाट युथ नेटवर्क  का उपाध्यक्ष सहित ५ जनाले राजिनामा दिएका छन ।

साउन २२ गते राजिनामा दिनेमा उपाध्यक्ष खुमाकान्त न्यौपाने,सचिब सन्देश सापकोटा र सदस्य रमेश पाण्डे,अनिल पोख्रेल,बद्रीप्रसाद सुवेदी र यज्ञमुर्ति भण्डारी (शिव) रहेका छन ।

संस्थाको जिम्मेवार पदमा रहेका ब्यीक्तहरुले सामाजिक सञ्जालमा भ्रामक र अपुसष्ट तथा समाजीक सद्भावमा असर पर्ने खालका बिषयहरुलाई सम्प्रेसण गरेको आशंका लागेर आफुहरुले संस्थाको साधरणसदस्य समेत नरहनेगरी सामुहिक राजिनामा दिएको उक्त विज्ञप्तीमा उल्लेख गरीएको छ ।

विज्ञप्तीमा भनिएको छ बर्दघाट युथ नेटवर्क  बाट साधरणसदस्य समेत नरहनेगरी सामुहिक राजिनामा दिएपनि सामाजिक कार्यमा भने लागि रहने र समाजका विकृर्ति र विसङगतीका वारेमा आवाज उठाइरहने जनाइएको छ ।