आरती राना
सुनवल,साउन–२४
आदिवासी जनजातीहरु नेपालका धरोहर रहेको पूर्वकानुन न्याय तथा संघिय मामिला मन्त्री ध्रुब बहादुर प्रद्यानले बताउनु भएको छ । नेपाललाई अन्तराष्ट्रि स्तरमा चिनाउन र नेपालको संस्कृति र सभ्यतालाई बचाई राख्ने काममा समेत आदिवासी जनजातीहरु सक्षम रहेको उहाँको भनाई थियो ।
नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद नवलपरासीले सुनवलमा आयोजना गरेको अन्तराष्ट्रिय आदिवासी दिवस–२०८३ लाई सम्वोधन गर्दै पूर्व मन्त्री प्रद्यानले उक्त कुरा बताउनु भएको हो ।
अन्य जातजातीहरुलाई नै लोभाउने गरी आदिवासी जनजातीहरुले आफ्नो पहिचान भल्कनेगरी जातीय पोशाक लगाउने गरेको बताउदै पूर्व मन्त्री प्रद्यानले जनजातीहरुमा ईमान्दारीता,शाहसी र लगनशिलताको पहिचानलाई कायम राख्न जरुरी रहेको बताउनु भयो ।
नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद नवलपरासीकी अध्यक्ष टिचन गुरुङको अध्यक्षता र पूर्वकानुन न्याय तथा संघिय मामिला मन्त्री ध्रुब बहादुर प्रद्यानको प्रमुख आतिथ्यतामा भएको अन्तराष्ट्रिय आदिवासी दिवस–२०८३ मा ,सुनवल नगर प्रमुख बिमला अर्याल,बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ, नेपाल आदिवासी जनजाती महासंघ लुम्बिीनी प्रदेश उपाध्यक्ष तारा राना मगर,सल्लाहकार देवराज चौधरी ,सुनवल वडा नं. १ का वडाध्यक्ष मान बहादुर थापा, ३ का पविन गुरुङ,९ का विरवल चौधरी, कार्यपालिका सदस्य जुठीमाया पुन लगाएतको उपस्थिती रहेको थियो ।
