Bardaghat Na pa

पुष १ गते देखि सुर्य ज्योती कप २०८२ सञ्चालन हुने

456

कृष्ण ढकाल
बर्दघाट,मंसिर २९
सूर्य ज्योती युवा क्लब,बर्दघाट २,चिसापानीले सुर्य ज्योती कप २०८२ सञ्चालन गर्ने भएको छ ।
पुष १ गते अर्थात भोली देखि शुरु हुने पाँचौ वडा स्तरिय पुरुष नकाउट फुटबल प्रतियोगीतामा १४ टिमले प्रतिष्प्रर्धा गर्ने गरी तयारी पुरा भएको आयोजक संस्थाका अध्यक्ष राम भण्डारीले बताउनु भएको छ ।
सूर्य ज्योती युवा क्लब,बर्दघाट २,चिसापानी आयोजक र चिसापानी सामुदायिक वन उपभोक्ता समुह सहआयोजक रहेको उक्त प्रतियोगितामा प्रर्थम हुने टिमले १ लाख नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने द्धितीय हुने टिमले ५० हजार नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक संस्थाले जनाएको छ ।
त्यसैगरी प्रतियोगिताको प्रत्येक खेलमा उत्कृष्ट खेलाडी छनौट गरि म्यान अफ दि म्याचलाई ट्रफीद्धारा सम्मान गरिने छ भने उत्कृष्ट खेलाडी तथा हाइ स्कोरर खेलाडीलाई उचित पुरस्कारको ब्यवस्था गरिने आयोजक संस्थाका खेल संयोजक कृष्ण शर्माले बताउनु भएको छ ।
खेल बर्दघाट २ चिसापानी ब्लक नं. ५मा रहेको खेल मैदानमा दिउसो २ बजे देखि सञ्चालन हुने छ ।