Bardaghat Na pa

बर्दघाटमा पहिलो पटक रात्रीकालिन फुटबल प्रतियोगिता सुरु

520

बर्दघाट,१६

बर्दघाट नगरपालिका वडा नम्बर १४ गङ्गाबस्तिमा पहिलो पटक रात्रिकालिन फुट्बल प्रतियोगिता आयोजना गरिएको छ ।स्थानिय युवाहरुको सक्रियतामा अन्डर सिक्स्टिन फुटवल प्रतियोगिता आज बाट सुरु भएको हो।गङ्गा सामुदायिक बिकास प्रतिष्ठान र वेस्टर्न युनाइटेडको संयुक्त आयोजनामा फुटवल प्रतियोगिता गणतन्त्र दिवसको अवसर पारी आज बाट सुरु गरिएको छ ।

गङ्गा सामुदायिक बिकास प्रतिष्ठानका अध्यक्ष मदन भण्डारीको अध्यक्षता एवम् स्थानिय जेष्ठ नागरिक भोज बहादुर थापाको प्रमुख आतिथ्यतामा उद्घाटन शत्रको खेल सुरु भएको हो ।कार्यममा बोल्दै गङ्गा सामुदायिक बिकास प्रतिष्ठानका पुर्व अध्यक्ष माधव तिवारीले रात्रीकालिन फुटवल सम्भवत जिल्लामै पहिलो पटक भएको उल्लेख गर्दै खेलमैत्री बाताबरण तयार हुनुले युवाहरुमा थप उर्जा थपिने बताए ।

आज भएको पहिलो खेल बर्दघाट १३ र बर्दघाट १६ बिच भएको प्रतिस्पर्धामा शुन्यका विरुद्ध एक गोल गर्दै वडा नम्बर १३ बिजयी भएको छ भने दोस्रो खेल अन्तर्गत वडा नम्बर १४ धर्मबस्ती र बसोबास बिच भएको खेलमा पेनाल्टी सुटाउटमा धर्मबस्ती बिजयी भएको खेल संयोजक राजन कुवरले जानकारी दिए।फुटबल प्रतियोगिताका लागि बर्दघाट नगरपालिका खेलकुद बिकास समितीले खेलकुद सामाग्री उपलब्ध गराएको छ ।

रात्रीकालिन खेल हेर्नका लागि दर्शकहरुको उल्लेख सहभागीता रहेको थियो ।कुल १६ टिमको सहभागिता रहेको खेलको समापन जेष्ठ २४ गते हुने ब्यवस्थापक राहुल जिसिले बताए ।स्थानिय रुपमा खेलकुद प्रती युवाहरुको आकर्षण बढ्दो देखिएको छ ।