Jilla Ban Notis

बर्दघाट नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने अभियान जारी ।

0 37

कृष्ण ढकाल
बर्दघाट,माघ–२२
२०७७ चैत्र मसान्त सम्म बर्दघाट नगरपालिकालाई बालमैत्री घोषणा गर्ने आफ्नो योजनालाई बर्दघाट नगरपालिकाले बुधवार पत्रकार सम्मेलनको आयोजनागरी जानकारी गराएको छ । पाल्पामा भएको दुई  दिने अन्तर विश्लेषण तथा योजनातर्जुमा कार्यशाला गोष्ठीवाट तयगरीएको बालमैत्री नगरघोषणा योजनालाई बुधवार पत्रकार सम्मेलनगरी जानकारी गराईएको हो । ४३ वटा सुचक र १६ वटा खुड्कीलाहरु पुरागर्दै २०७७ चैत्र मसान्त भित्र बर्दघाट नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्नेगरी कार्ययोजना बनाएर पाल्पामा प्रतिवद्धता पत्रमा हस्ताक्षर गरीएको थियो । सरोकारवाला निकायहरुको सहभागितामा तयार पारिएको उक्त बालमैत्री नगर घोषणा योजना तर्जुमा कार्यशाला गोष्ठीमा सहभागिहरुले उक्त प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।
बालमैत्री नगर घोषणाका लागि नेपाल सरकारले तयगरेका अनिर्वाय ३९ सुचकहरुमा ४ वटा सुचक थपगरी ४३ वटा सुचक कायम गरीएको छ । जस्मा आयोडिन युक्त नुनको प्रयोग,बालबालिकाहरुको वृद्धि अनुगमन,नगरक्षेत्रमा अब बन्ने सरकारी भवनहरु लैंगिक तथा बालमैत्री हुने र आधारभुत शिक्षाको लैंगिक समनता सुचकलाई थप गरीएको छ ।  बर्दघाट नगरपालिकाका जनप्रतिनिधि,कार्यपालिका सदस्य,कर्मचारी,बाल क्लवका प्रतिनिधि, गैर सहकारी तथा सामाजिक संघ संस्था र बर्दघाट उद्योग वाणीज्य संघका प्रतिनिधि एवं पत्रकारहरुको समेत सहभागितामा उक्त ४ सुचकहरु थप गरीएको थियो ।
बर्दघाट नगरपालिकालाई बालमैत्री नगरघोषणा गर्नका लागि नगर प्रमुख वस्यालको अध्यक्षतामा नगर स्तरीय बालमैत्री स्थानिय शासन समन्वय समिति गठन भएकोे छ । जस्मा उपाध्यक्ष नगर उप प्रमुख माया देवि पौडेल र सदस्यहरुमा नगरपालिकाका सबै शाखा प्रमुखहरु नगर बाल संजालको अध्यक्ष र महिला तथा बालवालिकाको कर्मचारी र नगर पालिकाका प्रशासकिय अधिकृत पदेन सदस्यका रुपमा रहने ब्यवस्था गरीएको छ भने बालबालिकाहरुको क्षेत्रमा काम गरेका संघ संस्थाहरु र संचार क्षेत्रवाट पनि सहभागिता रहनेगरी समिति गठन गरीएको छ ।
नगर प्रमुख धिरज शर्माबस्यालको अध्यक्षता र बालमैत्री फोकल प्रसन कृष्ण थापाको संचालनमा पत्रकार सम्मेलन सम्पन्न् भएको थियो । सा ेअवसरमा नगर उप प्रमुख माया पौडेल,प्रशासकिय प्रमुख मेघनाथ पाध्याय लगाएतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.