Jilla Ban Notis

सुनवलका दुईसय जना किसानहरुले खेतको माटो परीक्षण गराए ।

0 69

गौरीशंकर जयसवाल

परासी १९ मंसिर
माटो अम्लियकरण रौकौ ,माटोको उत्पादकत्व बढाऔँ भन्ने नारासहित बिश्व माटो दिवस पश्चिम नवलपरासीमा मनाईएको छ । लुम्बिनी एग्रो इन्भाइरोमेन्टको प्राबिधिक सहयोग, नमूना धान ब्लक संचालक समिती सुनवल २ को सहकार्य र लुम्बिनी प्रदेशको कृष बिकास निर्देशनालय बुटवलकोे आयोजनामा बिश्व माटो दिवस मनाईएको हो । २०१४ देखी यूएनले घोषणा गरे अनुसार नेपालमा पनि बिश्व माटो दिवस मनाउदै आईएको छ ।

कार्यक्रममा कृषि खाद्य प्रबिधी तथा भूसंरक्षण मन्त्रालायकी सचिव शान्ता कार्कीले माटोलाई स्वास्थ्य बनाई उपादत्कव बढाउन र माटोको बारे जनचेतना बढाएर शुद्धतालाई बढावा दिने उदेश्यले माटो दिवस मनाईएको बताउनुभयो ।

उहाँले माटोले खेती प्रणाली चरणले माटो उर्वर घटदै गएकोले त्यसको न्यूनिकारण गर्न जरुरी रहेको बताउनुभयो । बिभिन्न खद्या पदार्थ र जैबिक तत्व अर्गेनिक मल हाल्लेर माटोलाई सुर्धान गर्न सकिने कार्कीले जानकारी दिनुभयो ।

कृषिमा चुना माटो राम्रो प्रयोग गरी माटो राम्रो बनाउन मदतपुग्ने बताउनुभयो । त्यस्तै माटो दिवसको कै अवसरमा माटो परीक्षणपनि गरिएको छ । सुनवल नगरपालिकाको वडा नं. २ का किसानहरुको खेतको माटो परीक्षण समेत गरिएको छ ।

किसानहरुले आफ्नो खेतबाट माटो ल्याई लुम्बिनी एग्रो इन्भाइरोमेन्ट प्राबिधिकहरुले माटो परीक्षण गरेको नमूना धान ब्लक संचालक समिती सुनवल २ की अध्यक्ष धनमाया क्षेत्रीले बताउनुभयो ।

उहाँका अनुसार सुनवल नगरपालिकाको वडा नं. २ का २ सय जना किसानहरुले खेतको माटो परीक्षण गराएको अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो । कार्यक्रममा वडा नं २ का वडाअध्यक्ष राजेन्द्र प्रसाद यादव, कृषि बिकास निर्देशनालयका बरिष्ठ बाली अधिकृत दिपक सापकोटा लगायतले अ–आफानो धारण राख्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.