sunwal

कृषिको प्रवद्र्धन र व्यबसायिक बिकास अपरिहार्य ःमन्त्री गिरी

128

कविन्द्र नेपाल
बुटवल, १३ पुस
बुटवलको औद्योगिक व्यापार मेलाको पाँचौदिन आईतबार प्रदेश पाँचका उद्योग पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले मेलाको स्थलगत अवलोकन गर्नुभएको छ । मेलाको अवलोकन पछि मन्त्री गिरीले ५ नं. प्रदेश मुलुकको आर्थिक बिकासकालागि कृषिमा प्रयाप्त सम्भावना बोकेको बताउनु भयो । कृषिको प्रवद्र्धन र व्यबसायिक बिकास अपरिहार्य रहेको समेत उहाँले औंल्याउनु भयो । उहाँले प्रदेश बिकासका सम्भावनाहरु कृषि, उद्योग र पर्यटनकालागि प्रदेश सरकार गम्भिर रहेको बताउँदै कृषि, उद्योग र पर्यटन प्रवद्र्धन गर्नेगरी औद्योगिक व्यापार मेला आयोजना गरेकोमा संघलाई धन्यवाद ज्ञापन गर्नुभयो । प्रदेशको औद्योगिक बिकासमा नीजि क्षेत्रबाट प्राप्त भएको सहयोगले सरकारलाई उत्साह थपिएको मन्त्री गिरी उल्लेख गर्नुभयो ।  आईतबार मेलामा ईन्द्रेणीको दोहोरी कार्यक्रम, लोक तथा दोहोरी गायक विष्णु खत्री, दिपु मगर, शर्मिला विश्वकर्मा, विष्णु श्रीपाली, डान्सर करिस्मा ढकाल र राज केसी, भ्वाईस अफ बुटवलका प्रतिस्पर्धीहरुको प्रस्तुती रहेको थियो ।