नवलपरासी,साउन -२९
प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवलाई पक्राउ गर्ने बाटो खुलेको छ ।
नवलपरासी जिल्ला अदालतले गत साउन २० गते यादव विरुद्ध पक्राउ पुर्जी जारी गरेकोमा २२ गते उच्च अदालत तुलसीपुर बुटवल ईजलासले पक्राउ नगर्नका लागि अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो ।
यादवले आफ्नो पक्राउ पुर्जी विरुद्ध उच्च अदालत तुलसीपुर बुटवल ईजलास मा निशेधाज्ञाको माग गरेकोमा २२ गते अदालतले २९ गते सम्मका लागि अल्पकालिन अन्तरिम आदेश गरी तत्काल पक्राउ नगर्न भनेको थियो ।
शुक्रबार (आज) भएको सुनुवाईमा अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिईरहनु नपर्ने ठहर गरेको छ ।
यादवलाई सरकारी छाप र लेटरप्याड किर्ते गरेको आरोप लागेको छ ।
