बर्दघाट,बैशाख-४
नवलपरासी साईकल राइडर क्लबले “नवलपरासी सम्पदा साईकल यात्रा २०८३ गर्न लागेको छ । बैशाख ५ गते अप्रिल १८, अर्थात विश्व सम्पदा दिवसको अवसरपारेर क्लबले सम्पदा साईकल यात्रा गर्न लागेको हो ।
साईकल यात्रा गरी नवलपरासीका विभिन्न प्राकृति एवं धार्मिक सम्पदाहरुको अवलोकन र प्रवद्र्धन गर्ने उद्देश्यले साइकल यात्रा गर्न लागेको संयोजक रामबहादुर थापाले बताउनुभयो ।
सम्पदा यात्रामा नवलपरासीमा ७७ किलोमिटर साइकल यात्रा गर्न लागिएको हो । शनिवार विहान ७ बजे सुनवलको कृष्ण मन्दिरमा भेला भई रामग्रामको बुद्धचोक, रामग्राम स्तुपा, बर्दघाटको भटौलिया, बुद्धमंगलताल, कञ्चनकुटी र बर्दघाट बजार क्षेत्र हुँदै सुनवल नगरपालिकाको भूमही, बाबा बर्दगोरीया, किर्तिपुर हुँदै लोटस रिसोर्टमा पुगेर सम्पदा यात्रा समापन गरिने कार्यक्रम तयगरिएकाे नवलपरासी साईकल राइडर क्लबका उपाध्यक्ष दिनेश न्याैपानेले बताउनु भएको छ ।
