Bardaghat Na pa

पालडाँडा कप फुटबल प्रतियोगिताको उपाधी अभिषेक चर्च रजहरले हातपार्यो

488

कृष्ण ढकाल
बर्दघाट,माघ–१९
तेस्रो पालडाँडा कप नकआउट फुटबल प्रतियोगिता–२०८२ को उपाधी अभिषेक चर्च रजहरले हातपार्न सफल भएको छ । आज भएको प्रतियोगिताको फाईनल खेलमा भैरव स्पोर्टस नवलपरासीलाई शुन्यका विरुद्ध १ गोलगर्दै अभिषेक चर्च रजहरले २ लाख १ हजार नगद सहित ट्रफी हातपार्न सफल भएको छ भने भैरव स्पोर्टस नवलपरासीले उप विजेताहुदै १ लाख ५ सय र ट्रफीमा चित्त बुझाएको छ ।
खेल शुरु भएको ३६औं मिनेटमा अभिषेक चर्च रजहरका जर्सी नं. १४ का खेडाली सदिप के.सी.ले गरेको गोल नै तेस्रो पालडाँडा कप नकआउट फुटबल प्रतियोगिता–२०८२ को निर्णायक गोल बन्न पुगेको थियो ।

बर्दघाट नगरपालिका वडा नम्बर ५ मा रहेको सगरमाथा सामुदायिक विकास प्रतिष्ठानले माघ १० गतेबाट सञ्चालनगरेको “तेस्रो पालडाँडा कप नकआउट फुटबल प्रतियोगिता–२०८२ ”मा भारतको १ टिम समेत गरि कुल १० टिमले प्रतियोगितामा भाग लिएको आयोजक संस्थाका सल्लाहाकार दीपक थापाले बताउनु भयो ।

प्रतियोगितामा आयोजक टिम सहित भैरव सपोर्टस क्लब, वि।वाइ।डि।ए। दुम्किबास, आसाम फुटबल क्लब (भारत),जनशक्ति युवा क्लब, मोन्स्टर गाइज, चोरमारा युवा क्लब, देवदह ब्याइज,सम्पूर्ण युवा क्लब र अभिषेक चर्च रजहर खेलमैदानमा उत्रेको थियो ।

सगरमाथा सामुदायिक विकास प्रतिष्ठान बर्दघाट–५ पालडाँडा अध्यक्ष गंगा बहादुर क्षेत्रीको अध्यक्षता र शिव प्रसाद शर्माको सञ्चालन रहेको फुटबल प्रतियोगिताको समापन समारोहमा बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ प्रमुख अतिथिका रुपमा रहनु भएको थियो ।
सोअवसरमा बोल्दै नगर प्रमुख श्रेष्ठले प्रतियोगिताले स्थानीय युवाहरूमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै आपसी सद्भाव र खेल भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताउनु भयो । बर्दघाट नगरले धेरै राष्ट्रिय खेलाडीहरु उत्पादन गरीसकेको र अहिले नगरपालिकाले विभिन्न बिद्याका खेलकुदलाई प्राथमिकतामा राख्दै बजेटको ब्यवस्था समेत गरेको बताउनु भयो ।

तेस्रो पालडाँडा कप नकआउट फुटबल प्रतियोगिता–२०८२ को पुरस्कार वितरण कार्यक्रममा बर्दघाट नगरका सबैजसो बडाध्यक्षहरुको उल्लेखनीय उपस्थिती रहेको थियो भने सबै वडाध्यक्षहरुको तर्फवाट वडानं. ११ का वडाध्यक्ष फणेन्द्र चौधरीले शुभकामना मन्तब्य राख्नु भएको थियो । सो अवसरमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रितमान कामु लगाएतको उल्लेखनीय उपस्थिती रहेको थियो ।