कृष्ण ढकाल
बर्दघाट,माघ–१६
देश र जनताको अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति सम्मान गर्दै आज बर्दघाट प्रज्ञा प्रतिष्ठानले शहीद दिवस मनाएको छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. १० मा रहेको शहिद पार्कमा पुगेर सहिद परिवारलाई सम्मन गर्दै यो वर्षको शहिद दिवस मनाईएको थियो ।
बर्दघाट प्रज्ञा प्रतिष्ठानका संस्कृति विभाग संयोजक दिप प्रकाश लोहनीको अध्यक्षता र बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले प्रजातन्त्र, बहुदलीय व्यवस्था र संघीय गणतन्त्र जस्ता ठूला राजनीतिक परिवर्तन सहिदकै बलिदानका कारण सम्भव भएको बताउनु भयो । नगर प्रमुख श्रेष्ठले सहिदको त्याग र योगदानको सम्मान गर्नु राज्य र समाज दुवैको दायित्व भएको उल्लेख गर्नुभयो ।
नगर प्रमुख श्रेष्ठले बर्दघाट नगरपालिकामा निर्वाचित भएपछि सहिद परिवारप्रति सम्मानस्वरूप मासिक दुई हजार रुपैयाँ सहयोग प्रदान गर्दै आएको जानकारी दिनुभयो । नगरले सहिदलाई उच्च सम्मान गर्दै आएको बताउँदै सहिदको बलिदानलाई केवल स्मृतिमा सीमित नराखी व्यवहारमै सम्मान गरिनुपर्ने धारणा राख्नुभयो ।
बर्दघाट प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य कुस्माकर ढकालको स्वागत र सदस्य सचिव सरद पौडेलको सञ्चालन रहेको कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिका वडा नं। ९ का वडा अध्यक्ष चन्द्रकान्त चापागाईंले देशको परिवर्तनमा सहिदहरूको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले सहिदको भूमिका र परिवर्तनको मर्म कहिल्यै बिर्सन नहुनेमा जोड दिनुभयो ।

२००७ सालको प्रजातान्त्रिक आन्दोलनका क्रममा दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालाल श्रेष्ठले राणा शासनविरुद्ध तथा ससत्र दन्दको क्रममा सहिद हुनु भएका खेम नारायण फौजदार, खोर बहादुर चौधरी, चन्द्र ज्योति चौधरी, कृष्णमान श्रेष्ठ, बाबुराम चौधरी, मुक्तनाथ खनाल, विष्णु पाण्डे, विमल कँडेललगायत सहिदका परिवारजनलाई सम्मान गरिएको थियो । सहिद परिवारका सदस्यहरूले सहिदप्रति माल्यार्पण तथा दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।
कार्यक्रममा विभिन्न संघ(संस्थाका प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

दिवस कार्यक्रम गर्नु पूर्व सहिद स्मृति पार्कको सरसफाइ तथा सौन्दर्यीकरण गरिएको थियो । बिहान ७ बजेदेखि १० बजेसम्म तीन घण्टा सहिद स्मृति पार्क क्षेत्रमा सरसफाइ गरिएको थियो । सरसफाइ कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारी, नगर प्रहरी, टोल विकास संस्था, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, शिक्षक(विद्यार्थी, आमा समूह, योग शिविरका सहभागी, बुद्धिजीवी तथा समाजसेवीहरूको सक्रिय सहभागिता रहेको सहिद स्मृति अध्ययन केन्द्र, बर्दघाट(१० भुतहा खोला शिरका अध्यक्ष पूर्णमान श्रेष्ठले जानकारी दिनु भएको छ ।रका सहभागी, बुद्धिजीवी तथा समाजसेवीहरूको सक्रिय सहभागिता रहेको सहिद स्मृति अध्ययन केन्द्र, बर्दघाट(१० भुतहा खोला शिरका अध्यक्ष पूर्णमान श्रेष्ठले जानकारी दिनु भएको छ ।
