माधब घिमिरे
सेनामैना,पौष–२९
गुल्मेली एकता समाज,सेनामैनाको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले फट्टिक बहादुर के.सी.को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । भने प्रथम उपाध्यक्षमा शुशिला भण्डारी,द्धितिय उपाध्यक्षमा पुष्कर भुषाल र उपाध्यक्षमा भोजराज पाण्डेलाई चयन गरेको छ ।
त्यसैगरी समाजको महासचिवमा दुर्गाबहादुर थापा कालामगर,कोषाध्यक्षमा सुभाष सिंह गिरी ,सचिवमा सिता पोखरेल,सह सचिवमा दुर्गा बहादुर पुन,कृष्ण बहादुर खत्री र सह कोषाध्यक्षमा लक्ष्मी गिरी र कृष्ण बहादुर पाण्डे चयन हुनु भएके छ ।
२५ सदस्य कार्य समिति रहेकोमा २ सदस्य पछि समितिले मनोति गर्ने गरी डोडिएको छ भने लेखा समितिको संयोजकमा रामप्रसाद गौतम र सदस्यमा लिलाधर घिमिरे र लक्ष्मी पन्थी रेग्मी रहनु भएको छ ।
