Bardaghat Na pa

दोस्रो धर्मवस्ती कप –२०८२ को उपाधि भुमही रिकन्डीसनलाई

492

कृष्ण ढकाल
बर्दघाट,पौष–२६
दोस्रो धर्मवस्ती कप खुल्ला नकआउट फुटवल प्रतियोगिता–२०८२ को उपाधि भुमही रिकन्डीसनले हात पार्न सफल भएको छ ।

श्री उदय युवा क्लब ,बर्दघाट–१४, धर्मवस्तीले आयोजना गरेको उक्त प्रतियोगितामा प्रथम हुदै भुमही रिकन्डीसनल रु १ लाख ११ हजार १ सय ११ रुपैया नगद सहित,सिल,ट्रफि र प्रमाणपत्र हात पारेको थियो भने उपविजेता हुने भैरब स्पोर्टसले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित,सिल,ट्रफि र प्रमाणपत्रमा चित्त बुझाउनु परेको थियो ।

१२ टिमले सहभागिता जनाएको खेलको फाईनल प्रतियोगितामा निर्धारित समय सम्म दुबै टिमबाट कुनै पनि गोल हुन नसकेपछि प्रतियोगिता पेनाल्टीमा रुपान्तरण भएको थियो । पेनाल्टीमा भैरब स्पोर्टसलाई २ का विरुद्ध भुमही रिकन्डीसनले ४ गोल गर्दै दोस्रो धर्मवस्ती कप खुल्ला नकआउट फुटवल प्रतियोगिता–२०८२ को उपाधि हात पारेको हो ।

पौष १३ गते देखि २५ गते सम्म सञ्चालीत उक्त प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम संस्थाका कार्यवहाक अध्यक्ष सागर विकको अध्यक्षता र प्रदेश सभासदस्य विश्व प्रेम पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।