कृष्ण ढकाल
बर्दघाट,पौष–२०
बर्दघाट–२,चिसापानीमा सञ्चालन भएको सुर्य ज्योति कप–२०८२ को उपाधी बर्दघाट– ४ को दिब्यशान्ती युवा क्लबले हात पार्न सफल भएको छ । पौष १ गते देखि सञ्चालन भएको वडा स्तरिय फुटबल प्रतियोगीतामा आयोजक सुर्य ज्योति युवा क्लब उप विजेता बनेको छ ।
प्रतियोगिताको फाईनल खेलमा शुरुको १७ औ मिनेटमा दिब्य शान्ती युथ क्लले गोल गर्दै टिमलाई १ गोलको अग्रता दिलाएको थियो भने पहिलो हाफको अन्तिम मिनेटमा प्राप्त पेनाल्टी सुटआउटलाई सदुपयोग गर्दै आयोजक टिमका जर्सी नं ११ का खेलाडीले खेललाई बरावरीमा पुर्याएका थिए ।
पहिलो हाफमा एक एक गोलको बरावरीमा रोकिएको खेल दोश्रो हाफको २१ औ मिनेट पुनः दिब्य शान्ती युथ क्बले थप एक गोल गर्दै दुई गोलको अग्रता लिन सफल भएको थियो । खेलमा दिब्य शान्ती युथ क्लबलाई दवाब राख्न सफल रहेको आयोजक टिमले थुप्रै अवसरहरुलाई गोलमा परिणत गर्न नसक्दा खेल निर्धारित समयमा सकिएपछि आयोजक टिम उप बिजेता बनेको थियो ।
चिसापानी ५ नं. ब्लकमा सञ्चालन भएको पाँचौ वडा स्तरिय पुरुष नकाउट फुटबल प्रतियोगीतामा प्रर्थम हुन सफल दिब्यशान्ती युवा क्लबले १ लाख नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने द्धितीय भएको सुर्य ज्योति युवा क्लबले ५० हजार नगद सहित शिल्ड, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ ।

प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाई जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रशासकीय प्रमुख बिक्रम श्रेष्ठबाट पुरस्कार वितरण गरीएको थियो । सो अवसरमा जिल्ला समन्वय समितिका सदस्य धनिराम चौधरी, बर्दघाट नगरपालिका वडा नं २ का वडाध्यक्ष गणेश बहादुर क्षत्री , चिसापानी सामुदायिक बनका अध्यक्ष होम बहादुर गुरुङ, नवलपरासी जिल्ला फुटवल संघका अध्यक्ष ज्ञानु गुरुङ , बर्दघाट नगर खेलकुद समितिका संयोजक दिपक थापालगाएतको उपस्थिती रहेको थियो ।
प्रतियोगितामा सर्वाधिक गोलकर्ता आयोजक टिमका खेलाडी दिपेन मर्स्यादी मगर , सर्वोत्कृष्ट गोल किपर दिब्यशान्ती युथ क्लबका विशाल थापा मगर , डिफेन्डरमा आयोजक टीका निरज थापा, मिड फिल्डरमा आयोजक टिमका खेलाडी धन ब बुढा मगर र म्यान अफ द सिरिजमा आयोजक टिमका गोल किप्पर सागर राना सम्मानीत हुनु भएको सुर्य ज्योति युवा क्लबका अध्यक्षता राम भण्डारीले बताउनु भयो ।

