बर्दघाट,पौष–३
सुर्य ज्योति कप २०८२ को तेस्रो दिनको खेलमा बर्दघाट ४, दिब्य शान्ती युथ क्लब बिजयी भएको छ ।
बर्दघाट २ चिसापानीमा रहेको सुर्य ज्योति युवा क्लब ध्दारा आयोजीत सुर्य ज्योति कप २०८२ को तेश्रो दिनको खेलमा नव किसान युवा क्लब बर्दघाट १२ दबिल्लालाई बर्दघाट ४ दिब्य शान्ती युवा क्लबले १ का बिरुध्द २ गोल गर्दै बिजयी भएको छ ।
खेलको ११ मिनेटमा बर्दघाट १२ दबिल्लाका जर्सी नं ९ का खेलाडी मनिस तामाङको गोल बाट अग्रता लिएको दोविल्लालाई बर्दघाट ४ दिब्यनगरका खेलाडी जर्सी नं ११ का खेलाडी सन्त बहादुर थापाले खेलको २९ औूमिनेटमा गोल गर्दै बरावरीमा पुर्याएका थिए । खेलको ४० औ मिनेटमा दिब्य शान्ती युवा क्लबका जर्सी नं ३ का नारायण पुलामीले गरेको गोल नै आजको निर्णायक गोल बन्न सफल रह्यो । निकै नै रोमान्चक खेलमा बर्दघाट १२ दबिल्लाले खेललाई बराबरीमा ल्याउने प्रयासहरु गरेता पनि गोल स्कोर निकाल्न नसक्दा खेलबाट बाहिरिन बाध्य भएको थियो ।

आजको खेलमा बर्दघाट ४ दिब्य शान्ती युवा क्लबका खेलाडी जर्सी नं ३ का नारायण पुलामी म्यान अफ द म्याच घोषित भएका थिए । अखिल नेपाल फुटवल संघ लुम्बिनि प्रदेश सदस्य अनिल शाक्य र नवलपरासी जिल्ला फुटवल संघका सचिव किशु श्रेष्ठको हातबाट म्यान अफ द म्याच हुने खेलाडीलाई ट्रफिध्दारा सम्मान गरिएको थियो । खेललाई फिफा रेफ्री पिताम्बर खड्का ले खेलाउनु भएको थियो भने अफिसियल जजमा सुरेन्द्र बुढाथोकी , सहायक रेफ्रीमा कृष्ण शर्मा र मीन बहादुर घर्ती रहेका थिए ।भोलीको खेल बर्दघाट ८ भुताहा र बर्दघाट १४ कुकुरमारा बिच ३ बजे रहने छ ।
