कृष्ण ढकाल
बर्दघाट, पौष १
सुर्य ज्योति युवा क्लब बर्दघाट २,चिसापानीले आयोजना गरेको सुर्य ज्योति कप २०८२ को वडा स्तरिय फुटबल प्रतियोगीताको उद्घाटन खेलमा बर्दघाट वडा नं.१६ विजयी भएको छ ।
वडा नं. १६ ले वडा नं. १३ धनेवालाई १ का बिरुध्द ३ गोल गर्दै वडा नं. १६ बिजयी भएको हो । खेल शुरु भएको १२ मिनेटमा वडा नं. १३ का जसी नं. १९ का विश्वास सुनारले पहिलो गोल गरेका थिए भने त्यसको जवाफमा दोस्रो आफको ७ मिनेटमा वडा नं. १६ का जर्सी नं. २७ का भरत गुरुङले गोल गर्दै वारवरीमा पुर्याएका थिए ।
खेल बरावरीमा रहिरहदा निक्कै प्रतिस्प्रर्धा भएपनि दोस्रो आफको १२ मिनेट २५ सेकेन्टमा जर्सी नं. ३४ का विवेक तामाङले थप एक गोल गरी वडा नं. १६ ले अग्रता कायम गरेको थियो । खेलको अन्ती समयमा निक्कै राम्रो चान्स पाएर गोल गरेको वडा नं. १३ ले आफसाईट को कारण मान्यता नपाएपछि निरास बनेको वडा नं. १३ ले खेलको अन्तीम समय २२ मिनेट २५ सेकेन्डमा आफै आम्घाती गोल गरेर १ का विरुद्ध ३ गोलको फराकिलो अन्तर ब्यहोरनु परेको थियो ।
उद्घाटनको दिन भएको पहिलो खेलमा बर्दघाट १६ का जर्सी नं २३ का विवेक तामाङ म्यान अफ द म्याच हुन सफल भएका छन । भोली अर्थात पुष २ गते वडा नं. ५ र आयोजक संस्था वडा नं. २ को बि समुह विच खेल हुने आयोजक प्रतियोगिा हुने आयोजक संस्थाका अध्यक्ष राम भण्डारीले बताउनु भएको छ ।
पुष १ गते अर्थात आज देखि शुरु भएको पाँचौ वडा स्तरिय पुरुष नकाउट फुटबल प्रतियोगीतामा १४ टिमले प्रतिष्प्रर्धा गर्ने भएका छन । सूर्य ज्योती युवा क्लब,बर्दघाट २,चिसापानी आयोजक र चिसापानी सामुदायिक वन उपभोक्ता समुह सहआयोजक रहेको उक्त प्रतियोगितामा प्रर्थम हुने टिमले १ लाख नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने द्धितीय हुने टिमले ५० हजार नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक संस्थाले जनाएको छ ।
त्यसैगरी प्रतियोगिताको प्रत्येक खेलमा उत्कृष्ट खेलाडी छनौट गरि म्यान अफ दि म्याचलाई ट्रफीद्धारा सम्मान गरिने छ भने उत्कृष्ट खेलाडी तथा हाइ स्कोरर खेलाडीलाई उचित पुरस्कारको ब्यवस्था गरिने आयोजक संस्थाका खेल संयोजक कृष्ण शर्माले बताउनु भएको छ । खेल बर्दघाट २ चिसापानी ब्लक नं ५मा रहेको खेल मैदानमा दिउसो २ बजे देखि सञ्चालन भैरहेको छ ।

प्रतियोगिताको उद्घाटन संबिधान सभा सदस्य बिक्रम खनालले फिफा रेफ्री सुरेन्द्र बुढाथोकीलाई फुटवल हस्तान्त्रण गरेर शुरु गर्नु भएको थियो ।
कार्यक्रममा अखिल नेपाल फुटवल संघका प्रदेस महा सचिव एवम बर्दघाट नगरपालिका का सामाजिक बिकास समितिका संयोजक भिमकाजी गुरुङ , अखिल नेपाल फुटवल संघका प्रदेस सदस्य अनिल शाक्य, जिल्ला फुटबल संघ नवलपरासीका वरिषठ उपाध्यक्ष धन ब गुरुङ, सचिव किशु श्रेष्ठ, सदस्य कर्ण ब गुरुङ , नगर खेलकुद समिति का संयोजक दिपक थापा , जिल्ला समन्वय समितिका सदस्य धनिराम चौधरी, बर्दघाट नगरपालिका वडा नं २ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्री , चिसापानी सामुदायिक वनका कोषाध्यक्ष होम बहादुर सुनार, दिब्य ज्योति बहुमुखी क्याम्पसका अध्यक्ष पुण्य प्रसाद पौडेल, क्याम्पस प्रमुख सागरमणी पाण्डे, हाम्रो सुपर सहकारीका अध्यक्ष बिष्णु बराल, सुर्य ज्योति युवा क्लबका संस्थापक सदस्य ज्ञानेन्द्र राना, लोक ब क्षत्री , केश बहादुर बुढा, दिब्य ज्योती मा वि का अध्यक्ष दिनबन्धु पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

