बर्दघाट,मंसीर –२४
आशन्न निर्वाचनका लागि उमेदवारको नाम सिफारिस गर्ने काम नेपाली काङ्ग्रेस नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ मा बिवाद भएपछि टुङ्गो लाग्न सकेको छैन ।
नवलपरासी क्षेत्र नम्बर १ बाट बिघटित प्रतिनिधि सभा सदस्य एवम् नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य बिनोद चौधरी र संविधान सभा सदस्य बिक्रम खनालको नाम प्रस्ताव भएपछि कस्को नाम पठाउने भन्ने बिषयमा बिवाद हुँदा टुङ्गो लाग्न नसकेको क्षेत्र नम्बर १ (क) का सभापती बेद प्रसाद पौडेलले जानकारी दिनु भएकाे छ ।
लुम्बिनी प्रदेश बन तथा बाताबरण मन्त्री तथा नेपाली काङ्ग्रेसका महासमिति सदस्य देवकरण प्रसाद कलवार (सन्तु) ले बिनोद चौधरीको नाम सिफारिस नगर्न अडान लिएपछि केहिबेर बिवाद उत्पन्न भएको नेपाली काङ्ग्रेस निकट श्रोतले बताएकाे छ ।
मन्त्री कलवारले भने चौधरीको नाम सिफारिस गर्न नहुने र संविधानसभा सदस्य बिक्रम खनालको एकल नाम सिफारिस गर्नु पर्ने धारणा पत्रकारसँगकाे कुराकानीमा बताउनु भयाे ।”बिनोद जिले चुनावताका ३१ बुदे घोषणा पत्र जारी गर्नु भो,अहिले एउटा पनि काम भएन जनताले हामीलाई प्रश्न गर्छन”कलवारले भन्नु भयाे ।मैले उतिखेरै भनेको थिए गर्न सक्ने काम मात्रै घोषणा–पत्रमा लेख्नुस तर” क्या बात कर्ते हो सन्तु,हम सब कर्देङ्गे”चौधरीको भनाईलाई उदृत गर्दै कलवारले पत्रकारकाे प्रश्नकाे उत्तर दिनु भयाे ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिको मङ्लबार प्रतापपुर १ भिठ्रठामा भएकाे बैठकले सर्वसम्मत रूपमा कसैको पनि नाम सिफारिस नभएको जनाईएको छ । पछिल्लो घटनाक्रमले नेपाली काङ्ग्रेस नवलपरासीको राजनीतिमा समीकरण परिवर्तन हुने संकेत समेत देखिएको छ ।
