कृष्ण ढकाल
असोज–१८,भुमही
पश्चिम नवलपरासीको सुनवल–१३ वडेरा स्थित सुन्दरवस्तीमा तेश्रो लोक सांस्कृतिक, धार्मिक, पर्यटन तथा व्यापार महोत्सव– २०८२ हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, जिल्ला कार्यसमिति पश्चिम नवलपरासीले आज पत्रकार सम्मेलनको आयोजनागरी सुज्दरवस्तीको चौरमा यहि असोज २३ गते देखि कार्तिक २ गतेसम्म मेला सञ्चाल गर्न लागेको जनाएको छ ।
लोक सांस्कृतिको संरक्षण गर्ने र धार्मिक तथा पर्यटन क्षेत्रको प्रचार प्रसार गर्दै सुनवल –११ मामी सतिसवरियामा निर्माणाधिन लोक सँंस्कृतिक संग्राहलय निर्माणका लागि आर्थिक रकम जुटाउने उद्धेश्य लिएर महोत्षबको आयोजना गरीएको आयोजक संस्थाकी अध्यक्ष श्यामकला भण्डारीले बताउनु भएको छ । उहााले मेला सञ्चालनका क्रममा ५२ लाख खर्च अनुमान गरीएको र २ लाख बचत हुनेगरी मेला सञ्चालनको योजना अघि बढाइएको जानकारी गराउनु भयो ।
उक्त मेलामा नेपालका १६ जिल्लाका दोहरी गायकहरुले लाईभ दोहरी प्रतियोगितामा सहभागिता जनाउने गरी तयारी गरीएको मेला सांस्कृतिक संयोजक भरत कामु मगरले बताउनु भएको छ ।
त्यसैगरी
मेलामा स्थानिय कलाकार तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहनेगरी तयारी गरीएको मेलाका सांस्कृतिक संयोजक भरत कामु मगरले पत्रकार सम्मेलनमा बताउनु भएको छ । प्रतियोगितामा प्रथम पुरस्कार एक लाख रुपैयाँ, दोस्रो पुरस्कार ५१ हजार, तृतीय ३१ हजार र सान्त्वना पुरस्कार २१ हजार रुपैयाँ राखिएको छ । साथमा भजन प्रतियोगिता, लोकगीत तथा नृत्य प्रतियोगिता पनि राखिएको छ ।
मेलाको तयारीका वारेमा जानकारी दिन आयोजना गरीको पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष राजकुमार श्रेष्ठले मेला अवलोकनका लागी जेष्ठ नागरिकलाई निःशुल्क ,समुहमा आउने विद्यार्थिलाई ७० रुपैया र अन्य सर्बसाधरणहरुका लागि १ सय रुपैया टिकट काट्नु पर्ने व्यवस्था गरीएको जानकारी गराउनु भएको थियो ।
त्यसैगरी प्रतिष्ठानका संरक्ष्ँक एकदेव पाण्डेले मेलाले जिल्लाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटन विकासमा टेवा पुग्ने विश्वास लिएर आयोजक अघिबढेको हुदाा सञ्चारक्षेत्रले विषेश सहयोग गर्न अनुरोध गर्नु भएको थियो ।
जय माता दी अमुजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि., बुटवलको व्यवस्थापनमा हुनलागेको तेश्रो लोक सांस्कृतिक, धार्मिक, पर्यटन तथा व्यापार महोत्सव– २०८२ मा बिभिन्न जातजाती ,धर्म,समुदाय र संस्कृतिका नृत्यहरु प्रस्तुत गर्ने देखि उनीहरुले बनाएका बिभिन्न खानाका परिकारहरुका स्टल र घरहरु मेलामा समावेस हुने आयोजकले जनाएको छ । त्यसैगरी बिभिन्न ब्यापार ब्यवसाय र दैनिक उपभोग्यवस्तुका स्टल,बाल उद्यान देखि मनोरञ्जन एवं खेलकुदका स्टलहरु पनि मेला रहने छन ।