नवलपरासी,साउन–१२
स्वदेशमै रोजगारीको अवस्था सृजना गर्ने र युवाहरुलाई विदेश पलायन हुनवाट रोक्छौ भनेर मिठा भाषण सुनाएर चुनाव जितेका जनप्रतिनिधिहरु यतिवेला युवाहरुलाई विदेश पलायन गराउने काममा तल्लीन भएको पाईएको छ ।
युवा पलायन भयो भने देश अधोगति तिर जान्छ र मुलुक गरीविको चरम शंकटमा पर्छ भन्ने सांसदले नै अहिले आफनै निजि सचिवालयमा मेनपावर कम्पनीका एजेन्टहरु राखेर गाउँघरका युवाहरुलाई खोजी खोजी विदेश पलाएन गराउने गरेको पाइएको छ ।
नीति नियम र अवसरको सिर्जना गर्ने ऎन कानुन बनाउने तहमा पुगेका जनप्रतिनिधि आफैले युवा पलायन गराउन आफ्नै सचिवालयमा बिभिन्न मेनपावरका एजेन्टहरु बोलाएर युवा पलायन गर्दा मानिसहरु आश्चर्य मा पर्ने गरेका छन । युवा पठाउने काम म्यानपावर कम्पनीहरुको भएपनी म्यानपावरको काम अहिले जनप्रतिनिधिले नै गर्न थाल्दा आम नागरिक अचम्मित भएका हुन ।
पछिल्लो समय पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचीत सांसद बिनोद चौधरीको सचिवालयले धमाधम युवाहरु बिदेश पठाईरहेको छ । चुनावताका उद्योग स्थापना गरेर युवालाई जिल्लामै रोजगगारी दिने भाषण गर्दै चुनाव जित्नु भएका चौधरीले अहिले आफै युवा पलायन गर्ने कार्यमा तल्लीन भैरहनु भएको छ । चौधरीको सचिवालय बिकास निर्माण र जनताका समस्या बुझ्न भन्दाबढी सचिवालय म्यानपावरका रुपमा बढी प्रयोग भएको आरोप लाग्दै आएको छ ।
पहिले–पहिले आन्तरीक रुपमा थाहै नदिइ युवाहरुलाई विदेश पलायन गराउदै आएको सांसद बिनोद चौधरीको सचिवालयले पछिल्लो समयमा आफ्नै सचिवालयमा युवाहरुको भिड लगाएर बैदेशीक रोजगारीका लागि युवाहरु पठाउन थालेपछि पश्चिम नवलपरासीमा सर्बत्र चर्चाको बिषय बनेको छ ।
सामाजिक सन्जालमा बिदेश पठाईएका युवाहरुको तस्वीर राखेर सांसद चौधरीलाई धन्यवाद दिइएको छ । एउटा कोणबाट हेर्दा युवाहरुलाई सहानुभूति र सेटल गरिएको देखिएको छ भने एउटा जनप्रतिनिधि आफै यो कार्यमा सम्लग्न हुनुले कस्तो संदेश दिन खोजेको भन्ने प्रश्न समेत उब्जिएको छ ।
निर्वाचनको समयमा केराको चिप्स सहित विभिन्न उत्पादनका लागि उद्योग स्थापना गर्न उद्योग दर्ता देखि जग्गा खरिद गरिएको निकै प्रचार प्रसार गरिए पनि अन्ततः यी सब चुनाव लक्षित थियो भन्ने सम्मका टिकाटिप्पणी हुन थालेको छ ।एउटा सांसदले युवाहरूलाई यसरी धमाधम पलायन गरिनुलाई पुनः चौधरी अहिलेबाटै ८४ लक्षित रणनीति अपनाएको चर्चा चल्न थालेको छ । चौधरी काम भन्दा बढी प्रचारबाजिमा रमाउने गरेको उहाँका पछिल्ला गतिविधिले पुष्टि गरेको छ ।
जिल्ला आउँदा केही सिमित ब्यक्तिहरुलाई लिएर मात्रै हिड्ने गर्दा आम कार्यकर्ता रुष्ट बनेका छ्न । उनिहरुले मात्रै जिताएका रहेछन,जिल्लानै उनिहरुले धानेका रहेछ्न हामिलाइ त आएको गएको थाहै हुन्नूकाङ्ग्रेसका एक नेताले बताए ।केही दिन अघि नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश महामन्त्री बिक्रम खनाललाई सामाजिक सन्जालमा समर्थन गरेको आरोपमा चौधरी मार्फत बिदेश गएका एक युवालाई जागिर बाटै निकालिएको समेत श्रोतको दावी छ ।
चौधरीको आलोचना गर्ने र उहाँका विरुद्धमा बोल्नेहरुका बिरुद्ध उहाँका समर्थकहरु सामाजिक सन्जालमा खनिने गरेका छन । यसैले पनि उहाँको विरुद्धमा सहजै बोल्न नपाईने कार्यकर्ताकै गुनासो छ ।ूकेही मुठी भरका ब्यक्तिहरुलाई लाभ भएको होला,त्यसैले उहाँको पक्षपोषण गर्नु स्वभाविक हो,नुनको सोझो त गर्नै पर्यो ूएक सर्बसाधारणले भने ।
रहस्यमय कुरा त पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचीत सांसद बिनोद चौधरीले अहिले सम्म सधैंभरी वाहिरबाट आफ्नै पत्रकारहरु बोकेर हिड्ने गर्नु भएको छ । उहाँले पश्चिम नवलपरासीमा टेकेदेखि आज सम्म आफ्नो क्षेत्रका पत्रकारहरुसंग खुलेर स्थानिय समस्या र विकास निमार्णका वारेमा सवाल जवाफ गर्न चानु भएको देखिदैन ।
आफ्नो निर्वाचन क्षेत्रका पत्रकारहरुले निर्वाचन क्षेत्रको समस्याका बारेमा आम नागरिकको चाँसोका बिषयमा पटक पटक भेट्न खोजेपनी स्थानिय पत्रकारको समेत सम्पर्कमा आउन नचाहने गरेको पाईएको छ ।