Bardaghat Na pa

धनुषवाँण खेल सेन्टरको उद्घाटन जोगीले गरे

666

कृष्ण ढकाल
बर्दघाट,असार–१८
बर्दघाट–२,चिसापानीमा आजबाट शुरु भएको सुसुकी धनुषवाँण खेल सेन्टरको उद्घाटन जोगीले गरेका छन । युवा– युवतीहरु र बयसकहरुका लागि लक्षीत गरेर शुरु गरीएको सुसुकी धनुषवाँण खेल सेन्टरमा टिकट काटेर धनुषवाँण खेल खेल्न सकिने ब्यवस्था गरीएको सञ्चालन राजेन्द्र श्रेष्ठले बताउनु भएको छ ।
जिल्लामा नै पहिलो पटक शुरुगरीएको उक्त खेलमा प्रयोगहुने सम्पूर्ण सामानहरु सहित पुरानो सुसुकी स्कटीङ्ग पार्क सञ्चालन भएको भवनमा धनुषवाँण खेल सेन्टर सञ्चालनमा ल्याईएको सञ्चालक श्रेष्ठले बताउनु भयाे ।
भुटानको राष्ट्रिय खेलका रुपमा रहेको धनुषवाँण खेल नेपालमा थकाली,मगर र गुरुङ समुदायको आफ्नो सांस्कृतीक खेलका रुपमा लिने गरीन्छ ।
परापुर्वकालमा लडाईका लागि प्रयोग गरीने धनुषवाँणलाई अहिले पछिल्लो समयमा मानिसहरुले आफनो मनोरञ्जनको साधनका रुपमा समेत प्रयोग गर्न थालेका छन । थकाली समुदायको संस्कृति जोगाउने उद्देश्यले फागुपूर्णिमा तथा तोरन्ल पर्वका अवसरमा धनुषवाण प्रतियोगिता हुने गर्दछ भने गुरुङहरुले पनि आफ्नो पर्व मेत्हले प्रीव ,(धनुष बाण) पर्वका रुपमा मनाउने प्रचलन रहेको छ ।
कतिपय पहाडीक्षेत्रमा धनुषवाण खेललाई पालिका खेलकुदमा सूचीकृत समेत गरिसकेका छन ।