कृष्ण ढकाल
बर्दघाट,माघ–१४
त्रिनेत्रेशवर धाम निर्माण तथा संरक्षण समिति बर्दघाट–७,जिमिरेभारको अध्यक्षमा रामनारायण श्रेष्ठ चयन हुनुभएको छ ।
माघ–१२ गते शनिवार भएको संस्थाको ११ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेसनले रामनारायण श्रेष्ठको अध्यक्षतामा २३ सदस्य नयाँ कार्यसमिति सर्बसम्वत रुपमा चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा केवल प्रसाद पौडेल,महिला उपाध्यक्षमा हरिमाया भण्डारी,महासचिवमा उमा अधिकारी ,कोषाध्यक्षमा गोपाल प्रसाद पौडेल र सचिवमा पोषचन्द्र देवकोटालाई चयन गरीएको संस्थाका निर्वतमान अध्यक्ष लेखनाथ न्यौपानेले जानकारी गराउनु भएको छ ।
त्यसैगरी सदस्यहरुमा प्रेमलाल पन्थ,अप्सरा श्रेष्ठ,गोविन्द प्रसाद ढुङगाना,एकनारायण चापागाई,विष्णुप्रसाद उपाध्याय,लक्ष्मीदेवि सापकोटा, विष्णु बस्याल न्यौपाने,मिना पौडेल,चन्द्रकान्त ढकाल,डण्डापानी शर्मा,नन्दकिशोर शर्मा,नरबहादुर थापा,अर्जुन गौतम,दिपेन्द्र श्रेष्ठ र कुनियाँ चौधरी रहनु भएको छ भने पदेन सदस्यका रुपमा जिमिरेभार बजार विकास समिति र वडाध्यक्ष समेत समितिमा रहनु भएको छ ।
त्यसैगरी समितिको संरक्षकमा होमनाथ ढकाल र नवराज श्रेष्ठ रहनु भएको नव गठीत समितिका अध्यक्षमा रामनारायण श्रेष्ठ जानकारी दिनु भएको छ । त्यस्तै समितिको प्रमुख सल्लाहकारमा निर्वतमान अध्यक्ष लेखनाथ न्यौपाने र सल्लाहकारमा विश्वप्रेम पाठक ,वृहस्पति अधिकारी ,विष्णु प्रसाद पाण्डे , रमेश ज्ञवाली,मिलन श्रेष्ठ र विधा लक्ष्मी श्रेष्ठ रहनु भएको छ ।
संस्थाका अध्यक्ष लेखनाथ न्यौपानेको अध्यक्षता र बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा माघ १२ गते शनिबार त्रिनेत्रेश्वर धामको सभाहलमा भएको समितिको ११औं वार्षिक साधारणसभा तथा चौथो अधिवेसनले नयाा नेतृतत्व चयन गरेको थियो ।