Bardaghat Na pa

घरदैलो अभियान सञ्चालन गर्ने निर्णयगर्दै ढकालहरुको राष्ट्रिय भेला सकियो

405

कृष्ण ढकाल
बर्दघाट,पौष–६
फागुनको पहिलो हप्ता देखि मेची–महाकाली घरदैलो अभियान सञ्चालन गर्ने निर्णयगर्दै नेपाल ढकाल समाज प्रतिष्ठानको राष्ट्रिय भेला सम्पन्न भएको छ ।
देवघाट गाउापालिका वडा नं. ५,देवघाट,तनहुँमा रहेको महेश सन्यास आश्रमको सभाहलमा दुई दिन सम्म सञ्चालन भएको भेलाले नेपाल ढकाल समाज प्रतिष्ठानले देवघाटमा खरीद गरेको जग्गा संरक्षणका लागि तारवार गर्ने र दुईवटा एक तले भवन निमार्ण गर्ने निर्णय समेत गरेको प्रतिष्ठानका केन्द्रिय सचिवालय सदस्य खोमराज ढकालले जानकारी गराउनु भएको छ ।
नेपाल ढकाल समाज प्रतिष्ठानका केन्द्रिय अध्यक्ष टिकाराम ढकालको अध्यक्षता र गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालको प्रमुख आतिथ्यतामा भएको भेलामा बागमती प्रदेश सभासदस्य ठाकुरप्रसाद ढकाल, पशुपति क्षेत्र विकास कोषका सदस्य हरिनाथ ढकाल ,देवघाट गाउँपालिकाका वडा नम्बर ५ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर कुँवर लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिष्ठानका महासचिव दामोदर ढकालको सञ्चालन र वरिष्ठ उपाध्यक्ष जगन्नाथ ढकालको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले देशभर रहेका उपमन्यू गोत्रिय सबै ढकालबन्धुहरुलाई एकतामा संग्रहित गर्दै कुल र वंशका वारेमा एकिकृत गर्नु पर्ने धारणा ब्यक्त गरेका थिए ।
त्यसैगरी नेपाल ढकाल समाज प्रतिष्ठानका केन्द्रीय अध्यक्ष टिकाराम शर्मा ढकालले विभिन्न स्थानमा बसोबास गर्दै आएका सम्पूर्ण ढकाललाई एकजुट बनाउन तथा एउटै मालामा जोडी बन्धुत्वको भावना विकास गर्ने उद्देश्यले नेपाल ढकाल समाज प्रतिष्ठान गठन गरेर अघि बढेको जानकारी गराउनु भएको थियो ।

६६ जिल्लाका ढकाल अगुवाहरुको सहभागिता रहको देघाटमा भएको प्रतिष्ठानको राष्ट्रिय भेलामा नेपाल ढकाल समाज प्रतिष्ठानले प्रकाशन गरेको महर्षि उपमन्यु र ढकाल सन्देश नामक दुई पुस्तकको लोकार्पण समेत गरिएको थियो ।
नेपाल ढकाल समाज प्रतिष्ठानले ढकाल समाज प्रतिष्ठानको केन्द्रीय स्तरको कुल मन्दिर, अनुसन्धान केन्द्र र ढकाल आश्रम बनाउनको लागि देवघाट–५ सेती भतेरीमा ६ रोपनी, २ आना, २ पैसा र २ दान क्षेत्रफलको जमिन समेत खरिद गरेर

‘म बनाउछु मेरो कुल मन्दिर,म बनाउछु मेरो ढकाल घर’ भन्ने अभियान चलाएको नेपाल ढकाल समाज प्रतिष्ठानले अहिले देवघाट–५ सेती भतेरीमा कुल मन्दिर, अनुसन्धान केन्द्र र ढकाल आश्रम बनाउनको लागि ६ रोपनी २ आना २ पैसा २ दान क्षेत्रफल जमिन खरीद गरसिकेको छ ।