sunwal

हाम्रो सुपर साकोसको चिसापानी ईकाइ बैठक सम्पन्न

476

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–२४

हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था बर्दघाट–२ ,चिसापानीको १४औं वार्षिक साधारण सभा अन्तर्गत मुख्य कार्यालय चिसापानीको ईकाइ बैठक सम्पन्न भएको छ । संस्थाका अध्यक्ष खेमराज सुवेदीको अध्यक्षता र जिल्ला समन्वय समितिका सदस्य धनिराम चौधरीको प्रमुख आतिथ्यतामा भएको उक्त इकाई बैठकमा बोल्दै प्रमुख अतिथि चौधरीले नेपालका सहकारीहरुमा पछिल्लो समय आर्थिक पारर्शसिताको बिषयका बारेमा मानिसहरुको चाँसो बढेर गएको बताउनु भएको थियो ।

हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सेवाक्षेत्र भित्रका मानिसहरुको विश्वास जित्दै आर्थिक पारदर्शी रुपमा निति र बिधिमा रहेर काम गरेको प्रति धन्यवाद प्रकटगर्दै अब बचत र ऋणको काम मात्र नभै सामाजिक उत्तरदायित्व वहनगर्ने र आफ्ना सेयरसदस्यहरुका लागि रोजगार सृजनाहुने खालका योजना ल्याउनका लागि सुझाब दिनु भएको थियो ।

दिब्यज्योती मा.बि.को प्राङणमा भएको इकाई बैठकको कार्यक्रममा बर्दघाट नगरपालिका वडा नं. २ का वडाध्यक्ष गणेश बहादुर क्षेत्री,सूर्य ज्योती युवा क्लबका अध्यक्ष राम प्रसाद भण्डारी ,चिसापानी सामुदायिक वनका अध्यक्ष होम बहादुर गुरुङ लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।

संस्थाका सचिव बिष्णुप्रसाद बरालको सञ्चालन र उपाध्यक्ष सावित्रि दवाडीको स्वागत मन्तब्य रहेको कार्यक्रममा संस्थाका कोषाध्यक्ष रुक्मागत पाण्डेले संस्थाको ३८ करोड ३६ लाख २१ हजार बरावरको आय ब्यय प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत प्रतिवेदन अनुसार संस्थागत पुंजि १ करोड ९५ लाख रुपैया र बचत ३० करोड ८५ लाख ३४ हजार तथा ऋण लगानी २९ करोड ५ लाख २८ हजार रहेको छ ।

जस्मा १ करोड ७८ लाख ५२ हजार ६ सय ९४ रुपैया जगेडा कोष रहेको प्रतिवेदनमा उल्लेख गरीएको थियो । बर्दघाट,रमाग्राम ,सरावल र प्रतापपुर गरी चारवटा पालिकाहरुलाई आफ्नो कार्यक्षेत्र बनाएको हाम्रो सुपर सहकारीमा अहिले ५ हजार ४ सय १ जना शेयर सदस्यहरु रहेका छन । २०६७ साल माघ २ गते विधिवत रुपमा दर्ता भएर आफ्नो सेवा शुरुगरेको यो संस्थाले अहिले केन्द्रिय कार्यलय वाहेक चारवटा सेवा केन्द्र सञ्चालन गरी १९ जना कर्मचारीहरुलाई प्रत्यक्ष रोजगार दिईरहेको छ ।